विरोध खतिवडामाथि हातपात, को हुन् खतिवडालाई झापड हान्ने यी ब्यक्ति ?

काठमाडौ ।

एकीकृत समाजवादीका नेता तथा गठबन्धनबाट मकवानपुर–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका विरोध खतिवडामाथि हातपात भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडामाथि अन्दाजी ५० वर्षीय एक स्थानीय पुरुषोत्तम खड्काले हात हालेको स्थानीयले बताएका छन् ।

मादक पदार्थ सेवन गरेका पुरूषोत्तम खड्काले उनीमाथि हातपात गरेको स्थानीयहरूले बताएका छन्। उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनााएको छ। घरदैलो कार्यक्रममा गाडीबाट ओर्लनसाथ मंगलबार खतिवडालाई हातपात गरेका थिए । झापड हान्ने खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।

यो पनि, स्वतन्त्र उम्मेदवार पाेषणकाे साथ छाड्दै युवा, फाइदा कसलाई ?
स्थानीय तह निर्वाचनमा बर्दिबास नगरपालिका स्वतन्त्र उम्मेदवारलाई जिताउन विशेष भूमिका खेलेका यूवाहररुको एक समूहले प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार पाेषण थापालाई नसघाउने भएका छन् । उक्त समूह नै मंगलकार कांग्रेसमा फर्किएकाे छ । कांग्रेसबाटै अलग्गिएका उनीहरू पुनः पार्टी मै फर्किएका हुन् ।

फर्किने युवाहरूमा आशुतोष झा, प्रकाश बस्नेत, विकास राई, गुञ्जबहादुर विश्वकर्मा, अक्कल राई, भीमप्रसाद घिमिरे, अम्बर श्रेष्ठ, विवेक गौतम, गोपाल मोक्तान, मलिराम भारती, सुरेश भट्टराई, चन्द्रप्रसाद आचार्य, केशव घिमिरेलगायतका छन् ।

उत्साहित हुँदै स्वतन्त्रलाई समर्थन गरी मेयरमा निर्वाचित गराए पनि नेतृत्वले सोचेअनुरुप काम नगरेपछि कांग्रेसमै फर्किएको उनीहरूले बताए । ‘विगतका नेतृत्वले कमजोरी गरे भनेर स्वतन्त्रलाई जिताइयो । तर, नगरवासीका समस्या समाधानतर्फ नेतृत्व नलागेको सर्वत्र गुनासाे छ ।’ कांग्रेसमा फर्किएका प्रकाश बस्नेतले भने, ‘अहिले फेरि संघ र प्रदेशसभा निर्वाचनमा स्वतन्त्रका नाममा अक्षम उम्मेदवार खडा गरिएकाले हामी पुनः कांग्रेस नै फर्किएका हौं, हामीलाई विश्वास छ अरु साथी पनि चुनावसम्म कुर्नुहुन्छ जस्तो लाग्दैन ।’

बर्दिबास नगरपालिकामा स्वतन्त्र रुपमा निर्वाचित भएका मेयर प्रह्लाद क्षेत्रीको समर्थनमा महोत्तरी १ बाट प्रतिनिधिसभामा उम्मेदवारका रुपमा पाेषण थापा उठेका छन् ।कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाणले पार्टीमा पुनः फर्किएका सबै युवाहरुलाई स्वागत गरिन् ।

यो पनि पढ्नुहोस् :
कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ ।खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले अनलाइनखबरलाई बताए । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो ।

राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।

पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको माग बमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । उनको मुद्दा विचाराधीन भएकाले अदालतमा सरकारुी वकिलले नै यससम्बन्धी माग गर्नुपर्ने अवस्था थियो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले ३१ साउनमा श्रेष्ठलाई अभद्र व्यवहारको कसूरमा पक्राउ गरेर हिरासतमा राखेको थियो ।उनले निहारिकासँग आफ्नो पहिले सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । त्यसका लागि डीएनए जाँच गराउन आफू तयार रहेको बताएका थिए ।

निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गरेकी थिइन् ।निहारिकाले ‘कुमारी आमा’हरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाँचन पाउने संवैधानिका अधिकारको सुनिश्चितताका लागि पनि सरकारले पहल गर्नुपर्ने माग गरेकी थिइन् ।

यो पनि पढ्नुहोस् :
चर्चित्र पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम निकै चर्चामा छिन् । ‘अनुराग’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा यतिबेला नेपालमा छिन् । अनुरागले सन्तोषजनक व्यापार गर्ने नसकेपछि एलिजा अहिले म्यूजिक भिडियोमा निकै व्यस्त हुन्छिन् ।बेलाबखत उनका भिडियो र तस्बिरहरु चर्चामा आउँछन् ।

नेपालमा चिसो सुरु हुन लाग्दा अभिनेत्री गौतमले केही बोल्ड तस्बिर सामाजिक सञ्जालमा साझा गरेकी हुन् ।उनले तिहारअघि जिम गएका तस्बिर राखेकी थिइन् । केही समय पहिले समुन्द्रको किनारमा मिनिस्कट लगाएर खिचेको तस्बिरले माहोल तत्ताएको थियो ।

एलिजा प्रायः छोरी एरिका धमला गौतमसँगै क्यानडामा बस्छिन् ।यसबीच तिहारको अवसरमा उनी नेपाल आएकी हुन् । उनको यो नयाँ झण्डा भन्दै केही आलोचनाका प्रतिक्रियाहरुपनि आएका छन् । केहीले भने उनको लूकलाई मन पराएका छन् ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं – क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले बला’त्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्वस्त भएको छ ।

शुक्रबार नाबालिग बला’त्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती कर’णीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बला’त्कार गरेको आरोप सन्दीपमाथि छ ।

सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ​उनी विदेशबाट फर्कनासाथ दशैँको तिकाको भोलिपल्ट विमानस्थलबाटै पक्राउ परेका थिए । छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । बाँदरले स्वयम्भु, पशुपतिनाथ तिर बेला बेलामा रियलका जुस र चाउचाउ खाएको त धेरैले देखेको सुनको कुरा हो । तर बाँदरले रक्सी नपाए पसलमा हंगामा गरेको खबर पहिलो पटक सुन्नमा आएको छ ।

हालै भाइरल बनेको एउटा भिडियोमाबाँदरले बियर पिइरहेको देखाइएको छ । उत्तर प्रदेशको रायबरेलीबाट सार्वजनिक भएको भिडियोमा बियरको क्यान समातेको बाँदरले ठूलो जोशका साथ पिइरहेको छ। यो भिडियो गडागंज थाना क्षेत्रको अचलगञ्ज क्षेत्रको हो। रक्सी पिउन मन पराउने यो बाँदरलाइक्षर्् देख्नेहरुले जँड्याहा बाँदर समेत भन्न भ्याएका छन् । उक्त बाँदरले नजिकैको एउटा पसलका ब्यापारीलार्य निकै सताउने गरेको पाइएको छ ।

जहहाँ रक्सी पसलमा गएर पसलमा मदिरा किन्न आउँदा उसले मदिरा खोस्छ र भाग्छ । पसलका सञ्चालकले यसबारे अधिकारीलाई पटकपटक गुनासो गरिसकेको भएता पनि प्रहरीले अहिलेसम्म खासै चासो देखाएको छैन । जुन खबर मिडियामा समेत निकै भाइरल बनेता पनि अन्तःशुल्क विभागका अधिकारीले बाँदरलाई पक्रन वन विभागलाई आग्रह गरेको बताइएको छ ।

उक्त बाँदरले मुखमा क्यान राखेर बियर पिउने बानी नै परेको छ । पसलमा आएका ग्राहकबाट मदिरा खोसेर खुब चासोका साथ पिउने गर्छ । पसलमा काम गर्ने सेल्सम्यानले त्यसलाई भगाउँदा टोक्न दौडिन्छ