जेरीको ‘सेक्रिफाइस’: सम्भावित डिभोर्सको अन्तरकथा, शंकर अर्कै युवतीसँग लागेको दाबी

नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो- दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ।

डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र छन् । जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा छ । अदालतमा फाइल भइसकेको डिभोर्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो ।

तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने छ । पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्‍यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र छन् ।

जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता गरेका हुन् । जेरीले पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्‍याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् । जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ ।

‘तर, शंकरको मन फर्किने सम्भावना न्यून छ’, स्रोतले भन्यो । काठमाडौं जिल्ला अदालतमा केही दिन अगाडि दायर मुद्दा सामान्य प्राविधिक कारणले मात्रै अड्किएको हो । उनीहरुलाई आइतबार मुद्दा टुंगो लगाउन अदालतले बोलाएको थियो ।

तर, त्यसदिन आफ्नो जन्मदिन परेकाले जेरी अदालत जान चाहिनन् । सोमबारदेखि अदालतमा तिहारको बिदा भयो । अब आइतबारसम्म सार्वजनिक बिदा भएकाले सोमबारमात्रै अदालत खुल्नेछ । उनको चाहनाले मात्रै डिभोर्स टर्ने सम्भावना न्यून देखिन्छ ।

स्रोतका अनुसार जेरीसँग सम्बन्धविच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोड्न सक्छन् । अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ ।

शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ । पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ । यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।

शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई लात हानेको भन्दै गालीगलौज गरिरहेका छन् । तर, जेरीले भने आफूहरु दुवैले एक-अर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी थिइन् ।

विवाहको ६ महिनापछि नै पहिलो सन्तानका रुपमा उनीहरुलाई पुत्रीलाभ भएको थियो । तर, श्रीमान-श्रीमतीको सम्बन्धमा विस्तारै चिसोपना आउन थाल्यो । अन्ततः उनीहरु सम्बन्धलाई बिट मार्ने निष्कर्षमा पुगेका हुन् । यो निर्णय जेरीले शंकरका लागि गरेको ‘सेक्रिफाइस’ भएको दुवै निकटस्थ स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं, १२ कात्तिक :पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् ।

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले बालक महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी भएको भन्दै घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । सडक विस्तार गर्नेक्रममा विस्फोट गराउँदा ढुंगाले लागेर महराको निधन भएको छ भने १४ वर्षीया बालिका सरिना महरासहित घाइते भएका छन् ।

उक्त घटनाका दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका ओलीले प्रश्न गरेका छन्, ‘तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

यसबारे ओलीले फेसबुकमा लेखेका छन् :

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

यो पनि पढ्नुहोस् :
भैरहवा, १२ कात्तिक -गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजी मार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन ।

गठबन्धनले भैरहवा र ओमसतीयमा गरेकाे कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको

दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापनागर्ने योजना समेत अगाडि बढाएको बताए ।सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को काग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान : कालजयी लोकगीत रिन्के बुङको रागालाईका गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान गरिएकोछ । कालजयी लोकगीत रिन्के बुङको रागालाई गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान गरिएकोछ ।

संचारकर्मी गीता अधिकारीको समन्वय र हाल अमेरिका बसाेबास गर्दै आएका साहित्यकार तथा गीतकार हरी उप्रेती र Go Fund टिमले गन्धर्वलाई आर्थिक सहयोग रु एक लाख प्रदान गरेको हो ।

धरान ८ का वडाध्यक्ष धन बहादुर राईको प्रमुख आतिथ्यमा गायककाे घरमा धरानमा आएर रकम हस्तान्तरण गरेको गीता अधिकारीले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा , गन्धर्वको घर निर्माण अभियन्ता तथा रङ्गकर्मी बिष्णु माेक्तान, संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

माैलिक संस्कृतिको जगेर्ना गर्ने सर्जककाे गित सानाेबेला देखि नै सुन्दै आएकाले हामी सबै मिलेर सहयाेग रकम संकलन गरेर सर्जकलाई सहयोग गरेको हरी उप्रेतीले बताए । आफु बिदेश मा रहेपनि मनसधै नेपाल मै रहने बताउदै यो सहयोगमा आफुजस्तै सृजनालाइ माया गर्ने सर्जकहरुकाे सहयोग गर्न पाएकोमा खुशी भएको बताए ।

रङ्गकमि बिष्णु माेक्तानले सर्जकाे बास्थानकाे लागि लागिपरेकाे बताउदै सारंगी बचाउन पनि सुरेश गन्धर्वलाई बचाउनु पर्ने आबश्यक रहेको बताए । प्रमुख अतिथि वडाध्यक्ष राईले बिदेशमा रहदा पनि स्वदेश र कलालाई माया गरी सहयोग गरेकोमा Go Fund का सहयोगीहरुलाई धन्यवाद दिए ।

आफुले सक्दाे सहयोग गर्ने र पहल गर्ने पनि राईले प्रतिबद्दत्ता जनाए । देशको कला र संस्कृतिलाई चिनाउने काम गरेका गन्धर्व सबै काे लागि गाैरव भएको राईको भनाइ छ ।