अभिनेता अर्जुन कपुर संग अभिनेत्री मलाइका अरोराको ब्रेकअप, आखिर कहाँ बाट सुरु भयो सम्बन्धमा दरार

बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोरालाई इन्डस्ट्रीको सबैभन्दा मनपर्ने जोडी मानिन्छ । उनीहरुको सम्बन्धको खबर सुनेर फ्यानहरु निकै खुसी भएका छन् । यी दुई पटक पटक सार्वजनिक रुपमा सँगै देखिएका छन् । दुबैको रोमान्टिक स्टाइल धेरै लंच र डिनर पार्टीहरूमा देख्न सकिन्छ।

तर, केही समयअघि दुवैले उमेरको अन्तरलाई लिएर कमेन्ट गर्ने ट्रोललाई जवाफ दिएका थिए । दुबैले आफुहरुले कसैको वास्ता नगरेको बताएका थिए ।तर अहिले दुवैले छुट्टिएको खबर बाहिरिएको छ । मलाइका विगत छ दिनदेखि घरबाट बाहिर निस्केकी छैनन्। उनी पूर्ण रूपमा आइसोलेसनमा रहेकी छिन्।

मलाइका निकै दुखी छिन् र केही समयका लागि सबैबाट टाढा बस्न चाहन्छिन्। केही दिनयता अर्जुन कपुर पनि मलाइकालाई भेट्न गएका छैनन् । तीन दिनअघि अर्जुन कपूर आफ्नी बहिनी रिया कपुरको घरमा डिनरका लागी गएका थिए । रिया मलाइकाको घर नजिकै बस्छिन्, तर पनि अर्जुन कपुर मलाइकालाई भेट्न गएनन् । अर्जुन र मलाइका प्रायः कफी र डिनर डेटमा गईरहन्थे , तर केही समयदेखि त्यसो देखीदैन ।

यी सबै कुराले यी दुईबीचको सम्बन्ध राम्ररी चलिरहेको छैन भन्ने देखाउँछ। कामको कुरा गर्दा, अर्जुन कपूरसँग अहिले धेरै प्रोजेक्टहरू छन्। अर्जुन कपूर पछिल्लो पटक फिल्म ‘भूत पुलिस’ मा देखिएका थिए । यसमा उनी बाहेक सैफ अली खान, यामी गौतम र ज्याकलिन फर्नान्डिजको मुख्य भूमिका थियो । उनको आगामी फिल्म ‘एक भिलेन रिटर्न्स’ हो ।

यो पनि :
अर्घाखाँचीमा दाजु–भाईबीच विवाद हुँदा भाईको मृत्यु भएको छ । वृद्धभत्ता बुझेर घरतर्फ जाँदै गर्दा उनीहरुबीच बाटाेमै झगडा भएको थियाे ।प्रहरीका अनुसार ७४ वर्षीय दाजु हिमबहादुर गमालले विवादका क्रममा ७२ वर्षीय भाइ वीरबहादुर गमाललाई भीरबाट धकेलेर हत्या गरेका हुन् ।

उनीहरु भूमिकास्थान नगरपालिका–१ ढाकावाङका स्थायी बासिन्दा हुन् । सुरुमा लडेर मृत्यु भएको भनिए पनि प्रहरीले अनुसन्धान गर्दा धकेलेर उनका हत्या गरेको प्रहरीले जनाएको छ ।उनीहरु धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा थिए ।

सोही क्रममा ठूलाखर्क आइपुग्दा बेलुकी करिब ७ बजेको समयमा आर्थिक लेनदेमा झगडा हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । हिमबहादुरलाई अर्घाखाँची अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोश:आफ्नै श्रीमती हत्या गरेको आरोपमा गुल्मीको मुसिकोट नगरपालिका–७ बसेरी बस्ने ४२ वर्षीय सूर्य कुमाल पक्राउ परेका छन् । ४० वर्षीया तालकुमारी कुमालको हत्या गरेको अभियोगमा कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सूर्यकुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सूर्यकुमारलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि :
काठमाडौँ । नेपाली लोक दोहोरी क्षेत्रमा चम्किलो नाम हो बबिता बानिया जेरी र शंकर छेत्रीको जोडी । तर यो जोडीले लगनगाँठो कसेको पुग नपुग ३ वर्ष नबित्दै उनीहरु डिर्भोसको संघारमा पुगेका छन् । ५ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेको यो जोडीकी एक छोरी पनि छिन् ।

लोक दोहोरीको क्षेत्रमा उदाहरणीय नाम अहिले छुट्टिदैछ । अहिले बबिता र शंकरले सम्बन्ध बिच्छेदका लागि काठमाडौँ जिल्ला अदालत धाइरहेको दृश्य समेत बाहिरिएको छ । कुनै समय सँगै मर्ने सँगै बाँच्ने भनेर एक भएको यो दृश्यले उनीहरुका फ्यानको मन चुँडिन सक्छ ।

अदालतबाट बाहिरिँदा गायिका जेरी निकै निराश देखिएकी थिइन् । उनीहरु बिहिबार सम्बन्ध बिच्छेदका लागि काठमाडोँ जिल्ला अदालत पुगेको भएता पनि निवेदनको ढाँचा नमिलेको भन्दै बिहिबार उनीहरु फर्किएका थिए ।

यस विषयमा बबिताले आधिकारिक रुपमा केही नबताए पनि बबिताले अदालत गएको दिन केही प्राविधिक कारणले काम नसकिएको भन्दै फेरी अर्को दिन जानुपर्ने भएको बताएकी थिइन् । हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो

यो पनि पढ्नुहोस् :
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।

५८ वर्षमा कर्मचारीले अवकाश पाउने प्रणाली बनाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘७० वर्षपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था किन नगर्ने ?’ उहाँले थप्नुभयो, ‘हामीलाई र्‍याल, सिगान काढ्ने प्रधानमन्त्री होइन, काम गर्ने प्रधानमन्त्री चाहिएको हो ।’

चार मन्त्रालयको विनियोजन शीर्षकमा छलफल जारी

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल जारी रहेको छ ।

बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस््’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियोे ।

सांसद दुर्गा पौडेलले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस््’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियोे ।

सांसद पद्माकुमारी अर्यालले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियोे । सांसद बिमला विकले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियोे ।

त्यस्तै, सांसद लालबाबु पण्डितले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियोे । सांसद गोकुलप्रसाद बास्कोटाले ‘विनियोजन विधेयक, २०७९ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियोे ।