बालिकाको यी ३ गल्तीले सन्दीपलाई होइन बालिकालाई जेल सजाय हुने सम्भावना

काठमाडौं- अहिले एकतर्फी रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि चारैतर्फबाट हमला भइरहेको छ । उनीमाथि लागेको आरोपललाई लिएर पक्षविपक्षमा सामाजिक सञ्जालमा मत बाझिएको छ । जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।सत्यतथ्य प्रहरी अनुसन्धानबाट खुल्ने नै छ ।

प्रहरीले पक्राउ पुर्जी समेत जारी गरिसकेको छ । एयरपोर्टबाटै सन्दिपलाई पक्राउ गर्ने भनिसकेको छ । क्रिकेटर लामिछानेमाथिको बला’त्कार आरोपका विषयमा चौतर्फी चर्चा भइरहेको बेला अबको कानुन प्रक्रिया र सजायबारे समेत चासो राखिएको छ ।

समर्थकहरुले सन्दीप बच्नसक्ने कानुनको खोजिसमेत गरिरहेका छन् । सन्दीपमाथिको कानुनी प्रक्रिया कसरी बढ्ने होला भनेर चासो बढेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तानसमेत रहेका बला’त्कार आरोपी सन्दीप लामिछाने स्वदेश फर्किने भएपछि विमानस्थलमा प्रहरी तैनाथ छ ।

क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि जमैकामा रहेका उनी तीन दिनअघि त्यहाँबाट हिंडेका थिए । तर, अझैसम्म नेपाल आइपुगेका छैनन् ।लामिछानेले आफू लिग बीचैमा छाडेर केही दिनमै नेपाल फर्किन लागेको जनाकारी सामाजिक सञ्जालमार्फत गराएका थिए ।

बला’त्कार सम्बन्धी मुद्धा लड्दै आएका र यसअघि यस्तै सजाय पाएका अभिनेता पल शाहको मुद्धा पनि लडेका वरिष्ठ अधिवक्ता लभ मैनाली अब सन्दीपमाथिको जाहेरी सरकारवादी बनेको बताउँछन् । जाहेरीकर्ता कि’शोरीले आफुसँग भएका प्रमाण दिने र साक्षी मात्र भएर बस्ने उनको भनाइ छ ।

अब मुद्धा फिर्ताको सम्भावना पनि हुँदैन । तर अनुसन्धानका क्रममा प्रमाण पुगेन वा झुटो देखिन आएको खण्डमा मुद्धा फिर्ता पनि हुनसक्छ । प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ताको प्रक्रिया अघि बढाउँछ ।

अदालतमा थुनछेक बहस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले साधारण तारेखमा छाड्न, धरौटीमा रिहा गर्न वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनेछ । आरोपका पक्षमा प्रमाणहरु पुगे मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार दोषी ठहर भई सन्दीपले १२ बर्ष जेल सजाय पाउनेछन् ।

यद्यपी अनुसन्धानका क्रममा प्रमाण पुगेन वा आरोपीले सफाई पाए भने जाहेरीकर्ता ना’बालिगलाई पनि तीन महिनासम्म कैद वा ५ हजार जरिवाना हुनेछ । तर यतिबेला नाबा’ लिगमाथि समेत प्रश्न उठिरहेका छन् । सहमतिमै भएका कतिपय सम्बन्धलाई बला’त्कारको नाम दिएर फसाउने ट्रेण्ड पनि चलिरहेकाले नाबालिग भनिएकी किशोरीमाथि प्रश्न उठेको हो ।

तथापी बला’त्कारजस्तो संवेदनशिल विषयमा किशोरमाथि प्रश्न उठाएर अनुसन्धानलाई दख्खल दिने काम कतैबाट नहुनुपर्ने महिला अधिकारकर्मीहरु बताउँछन् । नेपालको कानुन अनुसार १८ वर्षमुनिका किशोरी वा बालिकासँग शारीरिक सम्बन्ध हुनु स्वतः बला’त्कार ठहरिने भएपछि सन्दीप संकटमा छन् । तर कि’शोरी माथि ठूला प्रश्न उठिरहेका छन्।अहिले नाबालिगले लगाएको आरोपमाथि प्रहरीले छानबिन गरिरहेको छ । अनुसन्धानमा देखिएका घट्नाक्रमलाई प्रहरीले प्रमाण बनाउनेछ।

किशोरीमाथि उठेका ३ प्रश्न

१.नगरकोट रिसोर्टको व्यवस्थापनले दिएको बयान
पीडित बालिकाको आफन्तको दाबी अनुसार नगरकोट रिसोर्टमा पुगेको थियो।बालिकालाई लिएर भदौ ५ गते बेलुका नगरकोटको एक रिसोर्टमा पुगेको पुष्टि भएको छ ।तर उक्त रिसोर्टको व्यवस्थापन हेर्ने उच्च तहका कर्मचारीले यस्तो बताएका छन्।

‘उहाँहरू यहाँ आउँदा दुवै जना खुशी देखिनुहुन्थ्यो ।’ उनीहरूलाई सर्भ गरेका कर्मचारीको भनाई उद्धृत गर्दै उनले भने ।होटेल कर्मचारीका अनुसार लामिछाने र युवतीले एउटै प्लेटमा खाना खाएका थिए । उहाँहरू यहाँबाट अन्दाजी ११:०० निस्कनुभयो । लामिछानेले बिल फोनपे मार्फत तिर्नुभएको हो ।’

२.होटलको सिसिटिभी फुटेज
यता काठमाडौंको पिङ्गलास्थानमा रहेको एक होटलमा राखेर पटक पटक कर’णी गरेको आ’रोप लगाएकी छन्। प्रहरीले छानबिन गरिरहेको छ।प्रहरीले काठमाडौंको पिङ्गलास्थानमा रहेको होटलमा सिसिटिभी फुटेज हेरेको छ । यस क्रममा सन्दीप र बालिका खुसी हुँदी होटल प्रवेश गरेको देखिएको छ।

३.होटलमा कोठा खाली हुँदा किन सन्दीपसँग एउटै कोठामा बसिन् ?
काठमाडौंको पिङ्गलास्थानमा रहेको एक होटलमा प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ।काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।यस अघि बालिकाले सन्दीपले दुई ओटा कोठा खाली नभएको बताएका थिए भनीकी थिन।

तर सन्दीपले सुरुमा कोठा नम्बर ३०८ बुक गरेका थिए।त्यस कोठामा Ac नभएको भन्दै कोठा नम्बर ३०५ मा बसेका थिए।यदि बालिकाले सन्दीपसँग सँगै नबस्ने मन नभएको भए कोठा खाली हुँदा किन ३०८ कोठामा नबसी सन्दीपसँग ३०५ कोठामा बसिन्।

यो पनि :
काठमाडौं- निलम्बित क्रिकेटर सन्दीप लामिछानेले नेपाल आउन बिलम्ब गरिरहेका बेला उनलाई सिंगापुरमा नै समात्ने तयारी नेपाल प्रहरीको छ । १७ वर्षीया नाबालिगमाथि ब,ला,त्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको अवस्थामा सन्दीप समयमा नै नेपाल आएर कानुनलाई सम्मान गर्ने बताइरहेको भएता पनि उनी अहिले न क्यानको सम्पर्कमा छन् न प्रहरीलाई कुनै खबर नगरेपछि प्रहरी अब एक्सनमा उत्रिन लागेको हो ।

गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिए लगत्तै क्यानले उनलाई निलम्बनमा राखेपछि केही तनावमा देखिएका सन्दीपलाई प्रहरीले जहाँ भेट्यो त्यही पक्राउ गर्न अनुमति पाए पनि सन्दीप नेपाल नआएका कारण प्रहरी पर्ख र हेरको अवस्थामा छन् ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटक पटक बलात्कार गरेको आरोप उनीमाथि छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले सन्दीप प्रकरणमा थप अनुसन्धान भइरहेको बताए । प्रहरीले उनलाई अब पर्खिने समय सकिएको र प्रक्रियागत तरिकाले प्रहरी अगाडी बढीसकेको उल्लेख गरे ।

यद्यपी इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने तयारी भएको हो त भन्ने प्रश्नमा एसएसपी बोहराले केही बोलेनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट समेत उनले क्यान्सिल गरेका छन् । नेपाल क्रिकेट संघ ९क्यान०को पनि सम्पर्कमा नरहेका सन्दीपले पीडित बालिका र उनको परिवारलाई सम्र्क गर्न सक्लान् ?

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको छ।गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

पुर्जी जारी गर्नेबित्तिकै प्रहरीले लामिछानेलाई जहाँ भेट्यो त्यही पक्राउ गर्न सकिने बताएको थियो।सात दिन बितिसक्दा पनि लामिछाने पक्राउ परेका छैनन्। उनी अहिलेसम्म पनि पक्राउ नपरेपछि उनी कहाँ गए भन्ने चासो व्यक्त भइरहेको छ। सामाजिक सञ्जालमा उनी भागिसकेका त होइनन् भन्ने प्रश्न पनि उठ्न थालेको छ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटक-पटक बलात्कार गरेको आरोप उनीमाथि छ।

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।उक्त लिग भइरहँदा यता काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले यस घटनाको अनुसन्धान भइरहेको बताए। उनले सन्दीप लामिछाने प्रहरीको सम्पर्कमा पनि नरहेको बताए।‘उनी हाम्रो सम्पर्कमा छैनन्। हामी पर्खेर बस्दैनौं,’ बोहराले बुधबार सेतोपाटीसँग भने, ‘हाम्रा आफ्नै प्रक्रियाहरू छन्, त्यसमा लाग्छौं।’

प्रहरीले सन्दीप लामिछाने नेपाल नफर्किएमा औपचारिक/अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताउँदै आएको छ।इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने तयारी भएको हो त भन्ने प्रश्नमा एसएसपी बोहराले थप बताउन चाहेनन्।‘अहिले नै यसो गर्दैछौं भनेर हामी भन्दैनौं। काम भइसकेपछि मात्रै भन्न सकिन्छ,’ उनले भने।

पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले सन्दीप लामिछानेलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार समेत गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा समेत राखिएको छ।
उनी कहिले र कसरी फर्किन्छन् भन्नेबारे प्रहरीलाई कुनै सूचना छैन।

वेष्ट इन्डिजबाट फर्केर उनी दुबईमा आइपुगेको हुनसक्ने प्रहरीको अनुमान छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका थिए। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द समेत गरेको स्रोतले बताएको छ।

‘फ्लाइट बुक गरेको त रहेछ। पछि किन हो रद्द गरे। पछाडिको मितिमा सारेको देखिन्छ,’ स्रोतले भन्यो।
यसरी लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। अहिले पीडितलाई अभिभावककै जिम्मामा छाडिएको छ।

अभिभावकको जिम्मामा भए पनि उनी प्रहरीकै सम्पर्कमा भएको एसएसपी बोहराले बताए।लामिछाने नेपाल क्रिकेट संघ (क्यान)को पनि सम्पर्कमा छैनन्। उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्‍लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए।

त्यसका लागि आफू केही दिनमै नेपाल फर्किने बताएका थिए।उनले आफूले क्यारेबियन प्रिमियर लिग टिम जमैका छाडेको पनि बताएका थिए। इएसपिएन क्रिकइन्फोले भने सन्दीपलाई टिमबाट निकालेको उल्लेख गरेको थियो। साथै तत्काल नेपाल फर्काउने सिपिएलले बताएको थियो।त्यसयता भने सन्दीप क्यानको सम्पर्कमा नभएको एक पदाधिकारीले बताए।

‘सन्दीपले हामीसँग कुरा गरेका छैनन् र कहिले आउनेबारे पनि खुलाउन चाहेका छैनन्,’ उनले भने।सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। निलम्बनको कारबाही गरे पनि क्यानले सन्दीपले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेको बारे छानबिन गर्ने बताएको छ।छानबिन कहिले र कसरी गर्ने विषय क्यानमा कुनै छलफल भने अघि बढेको छैन।

घटना भएपछि प्रहरीले प्रमाण संकलन गर्ने काम पनि गरेको परिसरले जनाएको छ। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण समेत गराएको थियो।

यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।

सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।

त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।यस घटनाको अनुसन्धान प्रहरी वृत्त गौशालाले गरिरहेको छ।