भक्तपुरमा सकारात्मक सोंच बिषयमा प्रवचन तथा प्रशिक्षण कार्यक्रममा सम्पन्न

छालिङ्, भक्तपुर: भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १७औं स्थापना दिवसको उपलक्ष्यमा सकारात्मक सोच अभियानकर्ता कर्ण शाक्यको अभिभावक शिक्षा अन्तर्गत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा अभिभावकहरूको भूमिका विषयक प्रवचन तथा प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कर्ण शाक्यले सुविधाभोगी मानिस अल्छी हुने र कहिले सफल नहुने भएकोले दुःख पीडा र समस्या नै सफलताको साँचो भएको बताए । आफू नै त्यस्को उदाहरण भएको बताउँदै त्यसकै परिणाम चर्चित बन्न पुगेको ‘सोच’ पुस्तक बन्न पुगेको बताए । शाक्यले सफल मान्छे सामान्य हुने भएकोले सबैभन्दा पहिला आफूलाई चिन्दै अगाडि बढिएमा सफलता मिल्ने सुझाए ।

दुर्गम पहाडी गाउँमा जन्मेर विदेशमा अध्ययन गरी स्वदेशमै सेवामा लागिपरेका डा. सन्दुक रुइत, डा.भगवान कोइराला, डा उपेन्द्र देवकोटा जस्ता व्यक्तित्व उदाहरणिय ब्यक्ति भएको बताउँदै शाक्यले अरुलाई सुझाव दिन सक्ने, अरुको दोष केलाउन सक्ने, जिम्मेवार बोध गराउन सक्ने तर आफ्नो काम थाहा नपाउने प्रवृत्तिले समाज र देश पछाडि परेको बताए ।

शाक्यले विद्यार्थीहरुलाई विदेशमा गएर नोकर बन्ने होइन स्वदेशमै मालिक बन्ने सोच राख्नुपर्ने सुझाए । अभिभावकहरूलाई सकारात्मक सोच राख्नुपर्ने सुझाउँदै बालबच्चाहरुलाई असल संस्कार दिएर हुर्काउनुपर्ने र श्रमको सम्मान गर्न सिकाउनु पर्ने बताउँदै पैतृक सम्पत्तिमा भर पर्दा पारिवारिक वातावरण बिग्रिने भएकोले स्वावलम्बी बन्न प्रेरणा दिनु र कर्तव्यबोध गराउनुपर्नेमा जोड दिए ।

विद्यालयका प्रधानाध्यापक इन्द्र फोजु, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष राम प्रसाद खर्बुजा, उपाध्यक्ष चन्द श्रेष्ठ, कोषाध्यक्ष बुद्धिकुमार मुस्याख्वा, पूर्व अध्यक्ष दिनेश चुल्याद्यो, पूर्व अध्यक्ष श्यामप्रसाद मानन्धर, नि. वर्तमान अध्यक्ष गंगाराम मानन्धर, सकारात्मक सोच अभियान संयोजक प्रबिन शाक्य, किर्तिपुर उद्योग बाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, कार्यक्रम संयोजक अल्बर्ट बज्राचार्य लगायतका व्यक्तिवहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्र फोजूले लेखक, पर्यावरणविद एवं होटल उद्यमी कर्ण शाक्यलाई विद्यालयको तर्फबाट मायाको चिनो र विद्यालयको स्मारिका प्रदान गरेका थिए ।