शितल गुरुङ र निशा गुरुङको ‘पुर्ख्यौली गाउँ’ बजारमा

गायक शीतल गुरुङ र निशा गुरुङको आवाजमा नयाँ गीत ‘पुर्ख्यौली गाउँ’ बजारमा आएको छ । बुधबार दीप गुरुङ युट्युब च्यानलबाट गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

सीताराम परियारले लेखेको लोक दोहोरी गीतमा शीतल गुरुङले संगीत भरेका छन् । मालश्री स्टुडियोमा रेकर्ड भएको गीतमा एरेन्ज सागर विरहीले गरेका छन् ।

ग्रामीण परिवेशमा छायांकन गरिएको भिडियोमा लक्ष्मी गुरुङ र शीतल गुरुङको अभिनय रहेको छ । प्रोजेक्ट कोअर्डिनेटर सुरज गुरुङ, ड्रेस मेकअप हिमकुमारी गुरुङ, सिनेमाटोग्राफी विजय लामाको टिम तथा सम्पादन विष्णुहरि तिमल्सिनाले गरेका छन् । कोरियोग्राफर तथा निर्देशक दीप गुरुङ रहेका छन् ।

सिंगापुरे फेन्सी स्टोर महाराजगन्ज काठमाडौँ, गोर्खा मिडिया र कलाबजार नेपाल सहयोगीका रूपमा रहेका छन् ।