पछुतो लाग्ने रहेछ विवाह नगरेको भए – हरिवंश आचार्य

प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ‘महापुरूष’ कात्तिक ११ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्ममा एकल बुवाले बुढेसकालमा विवाह गर्न लागेको कथा देखाइएको छ।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि कतिपयले हरिवंश आचार्यको वास्तविक कथा देखाइएको अड्कलबाजी लगाएका छन्। यसबारे हरिवंशले पनि बोलेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो जीवनसँग फिल्मको कथा मेल नखाने बताएका हुन्।

‘फिल्ममा आफ्नो श्रीमतीको निधन भएपछि अर्काे विवाह गर्न चाहने कथा देखाइएको छ। यो मेरो जीवनभन्दा अलग छ। त्यो समयमा अरुले आफ्नो जीवनबारे सोच्नु पर्छ भन्नु हुन्थ्यो।

मैले पनि के महसुस गर्थें भने मेरो लागि छोराहरू घरमा बसिरहनु हुँदैन। छोराहरूलाई आफ्नो व्यापार व्यवसायमा अगाडि बढ्न दिनुपर्छ भन्ने लाग्यो। छोराहरूकै सल्लाहअनुसार मैले विवाह गरेँ,’ उनले भने।उनले विवाह गरेपछि आफ्नो जीवन सहज भएको बताए।

‘विवाह गरेपछि मेरो जीवनमा सहज भयो र काममा फर्किन सकेँ। मेरो छोराहरूले आमा पाए, मैले जीवनसाथी पाएँ। त्यस्तो घटना हुनु नराम्रो हो। त्यस्तो घटना आफूले सोचेर हुँदैन।

तर अहिले जीवन सजिलो भएको देखेर विवाह नगरेको भए पछुतो लाग्ने रहेछ भन्ने लाग्छ,’ उनले भने।उमेर ढल्केपछि आफूले विवाह गरेको भाग मात्र आफ्नो जीवनसँग मेल खाने उनले बताए।

फिल्म ‘महापुरूष’मा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणसँगै गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे,सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायत कलाकारकाे अभिनय छ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। म्याक्स दिपेश खत्री फिल्मका निर्माता हुन्।

याे पनि ः
बडिमालिका नगरपालिका-६ का बिरे बडुवाल बिरामी भएपछि उनका आफन्तले जिल्ला अस्पताल पुर्‍याए। जिल्ला अस्पतालमा चेकजाँच गरेपछि बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल बाजुराले गएको आइतबार रिफर गर्‍यो।

रिफरपछि सदरमुकामबाट बिरामीलाई आफन्तले बोकेर लैजानुपर्ने अवस्था आयो। त्यसबेला रात परिसकेको र बल्देको पहिराको बाटो अप्ठेरो भएकाले पछिल्लो दिन बोकेर उनलाई अस्पताल लैजान लागियो।

आफन्तको सहयोगले पहिरो त पार गरे तर एम्बुलेन्स चाहार्दा चाहार्दै दिन बित्यो। अस्पताल पुग्ने समय एम्बुलेन्स खोज्दै बितेपछि बिरामीलाई समयमै अस्पताल लैजान सकिएन।

ढिला भएका कारण उनलाई आइस्यु भएको अस्पतालमा लैजान खोजियो। जेनतेन अछामको बयालपाटा अस्पताल पुर्‍याइयो। त्यहाँ लैजानसाथ उनको मृत्यु भयो। श्वासप्रश्वासका बिरामीलाई अक्सिजनको साहारामा लिनुपर्ने भयो।

बल्दे अमकोट पहिरामा एक्लै हिँड्न गाह्रो छ। वैकल्पिक सडक भएको भए त जिल्ला अस्पतालकै एम्बुलेन्समार्फत अस्पताल लगेर आफ्नो दाजुको ज्यान बचाउन सकिन्थ्यो बिरे बडुवालका भतिजा परे बडुवालले बताए।

यो एक पात्र घटना हो यसरी पाँच वर्षदेखि वर्षाका चार पाँच महिना बन्द हुँदै आएको बल्दे अमकोट सडकको समस्याले धेरै बिरामीले समयमा उपचार नपाउने समस्या भोग्दै आएका छन्। कयौंको समयमा अस्पताल नपुग्दै ज्यान जाने गरेको छ।

जिल्ला सदरमुकाम जोड्ने साफे मार्तडी सडक खण्डको बल्दे अमकोट सडक पाँच महिनादेखि नखुल्दा बाजुराका बिरामी समस्यामा परेका छन्।

२०७९ असार पहिलो सातादेखि बल्दे अमकोटमा आएको पहिराले सडक बन्द हुँदा सदरमुकाम मार्तडी र जिल्लाका पूर्वी उत्तरी क्षेत्रका चारवटा स्थानीय तह यातायात सेवाबाट वञ्चित भएका छन्। यसरी सडक बन्द हुँदा कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल बाजुरा र अन्य स्वास्थ्य चौकीबाट रिफर गरेका बिरामी समस्यामा पर्ने गरेका सामाजिक अगुवा हर्क खडाएतले बताए।

उनले भने, ‘सडक प्राकृतिक प्रकोपका कारण भयो, त्यो कसैले रोक्न सक्दैन तर सदरमुकाम जोड्ने सडकको वैकल्पिक उपाए नअपनाउनु बाजुरा प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय सफेबर र त्यसको पहलका लागि जिल्लाका राजनैतिक दलले पहल नगरिनु दुःखको कुरा हो।’

प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले असारको पहिलो साताबाट सडक अवरुद्ध भएको र सडक अवरुद्ध हुँदा नागरिकले अत्यन्तै दुःख पाएका बताए।

सदरमुकाम जोड्ने एक मात्र राजमार्ग त्यही हो करिब डेढ दुई किलोमिटर सडक खण्डमा ठूलो पहिरो गएकाले तत्काल खुलाउन सक्ने अवस्था रहेन। वर्षात पनि अहिलेसम्म नरोकिएकाले सडक खुलाउन समस्य भएको बताए।

सडक डिभिजनलाई निर्देशन गरेर सडक खोल्ने प्रयास भइरहेको र काम पनि अगाडि बढेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताए।

काम निरन्तर भएपछि केही दिनमै सडक खुल्ने अधिकारीले बताए। पाँच महिनासम्म सडक बन्द हुँदा जिल्लामा दैनिक उपभोग्य सामानको मुख्य आकाशिनुका साथै अभाव सिर्जना भएको मार्तडीका व्यापारी प्रकाश थापाले बताए।

थापाले भने, ‘दसैंसम्म त जेनतेन भरिया खच्चडबाट बोकाएर दैनिक उपभोग्य सामान पुर्‍याइयो। भरियालाई बोकाएर बिक्री गरौं भने उपभोक्ता मर्कामा पर्छन्।’

सडक सञ्चालन हुँदा १७ सय पर्ने खाना पकाउने ग्यासको मूल्य २४ सय पुगेको छ। उपभोक्ताको माग धान्न नसक्दा ग्यास लगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ। दसैं राम्रोसँग मनाउन नपाएको र तिहार पनि राम्रोसँग मनाउन सक्ने अवस्था नभएको स्थानीय बताउँछन्।