माइती नेपालले ‘पीडित’ किशोरीलाई किन दियो ल्यापटप ? कसरी भयो गोप्य कुराकानी लिक !

माइती नेपालले किशोरीलाई अध्ययनमा कुनै प्रभाव नपरोस भनेर ल्यापटप प्रदान गरेको छ । उनलाई ल्यापटप प्रदान गरिएको माइती नेपालका पदाधिकारीले जानकारी दिएका छन् । किशोरी पढाइमा निकै अब्बल रहेकाले उनको पढाइमा कुनै प्रभाव नपरोस भनेर ल्यापटप प्रदान गरिएको हो ।

कस्तो अबस्थामा छिन किशोरी ?

किशोरीलाई माइती नेपालमा राखिएको छ । उनी शारीरिक, मानसिक र भावनात्मक रुपमा स्टोर्ङ देखिएकी छिन् । उनी दैनिक योग, ध्यान लगायत अध्यात्ममा आफ्नो समय खर्चिन्छिन् भने त्यसपछि अध्यात्मिक पुस्तकहरु पढ्ने गर्छिन् ।चर्चामा आएको प्रकरणमा न्याय पाउनेमा आफु ढुक्क देखिन्छिन् । बयान फेर्ने हल्ला चलिरहेका बेला उनको बयान फेर्ने सम्भावना लगभग शुन्य छ ।

उनले फेसबुक लगायत दोहोरो कुराकानी हुने संचारमाध्यमबाट आफुलाई निष्क्रिय बनाएकी छिन् । । सन्दीप प्रकरण सतहमा आएका बेला उनलाई बाहिरि दुनियामा के भइरहेको भन्ने पनि थाहा छैन् । उनको अधिकांश समय अध्ययनमै जान्छ । बिधालय बिदा भएकाले आफुले स्वअध्ययनलाई निरन्तरता दिइरहेको जानकारी दिइन् । उनी आफुले न्याय पाउनेमा पनि ढुक्क छिन् ।

आफ्नो पहिचान गोप्य राखिएकाले पनि किशोरी शारीरिक, मानसिक र भावनात्मक रुपमा निकै बलियो रहेको मानब अधिकार आयोगका पदाधिकारीहरुले पनि जानकारी दिएका छन् । माइती नेपालले अनवरत रुपमा लामो समयदेखि बेचबिखनमा रहेका बालबालिका र महिलाका लागी सहयोग गर्दै आएकाले कब्जामा राखिएको भन्ने समाचार वास्तबिक्ता भन्दा टाढा रहेको राष्ट्रिय मानब अधिकारको आधिकारिक धारणा छ ।

नवौँ राष्ट्रिय खेलकुद ः शारीरिक सुगठनमा गण्डकीलाई दुई स्वर्ण
अन्नपूर्ण (कास्की), ३१ असोज (रासस) ः
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेशले दुई स्वर्ण जितेको छ । पोखरा सभागृहमा भएको खेलमा आर्मीले पनि दुई स्वर्ण जित्न सफल भएको छ भने नेपाल पुलिस क्लबले एक स्वर्ण जितेको हो ।

गण्डकीले ५५ र ६५ किलो समूहमा स्वर्ण जित्दा आर्मीले ७० र ७५ किलो समूहमा स्वर्ण हात पारेको हो भने, पुलिसले ६० किलो तौल समूहमा स्वर्ण जितेको हो । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जित्नुभएको हो । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बोले कास्य पदकमा जित्नुभयो । स्वर्णका लागि प्रि–जर्ज राउण्डबाट छनोट भएका पाँच जनाबाट हमाल विजेता बन्नुभएको हो ।

यस्तै ६० किलो तौल समूहमा नेपाल पुलिसका डेबिड बलामीले स्वर्ण, एपीएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलले कास्य पदक जित्नुभयो । उहाँहरुसँगै यो विधामा प्रदेश १ का सन्देश राई र नेपाल आर्मीका जलबहादुर चौधरी उत्कृष्ट पाँचमा पर्नुभएको थियो ।

६५ किलो तौल समूहमा गण्डकी प्रदेशका अशिम गुरुङले स्वर्ण जित्नु हुँदा लुम्बिनी प्रदेशका नवराज डुम्रेले रजत र सुदूरपश्चिम प्रदेशका सुनिल चन्दले कास्य पदक ल्याउनुभयो । सो विधामा एपीएफका सेमान्त कडारा र आर्मीका निशान शाही उत्कृष्ट पाँचमा हुनुहुन्थ्यो । ७० किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जितेको हो । सो तौल समूहमा आर्मीका प्रज्वलमान शाक्य, मधेस प्रदेशका किरण यादव, लुम्बिनी प्रदेशका वृजेन्द्रमान श्रेष्ठ र गण्डकी प्रदेशका निश्चल केसी उत्कृष्टमा पाँचमा थिए । सो तौल समूहमा आर्मीका शाक्यले स्वर्ण जित्दा मधेस प्रदेशले रजत र लुम्बिनी प्रदेशले कास्य पदक जितेको हो ।

आइतबार भएको ७५ किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जित्नुभएको छ । उहाँले मधेस प्रदेशका शनि अजाम, बागमती प्रदेशका योगशराज शाही, सुदूरपश्चिम प्रदेशका लक्ष्मीदत्त पन्त र लुम्बिनी प्रदेशका आकाश रानालाई पछि पार्नुभएको हो । ७५ किलो तौल समूहमा मधेस प्रदेशले रजत र बागमती प्रदेशले कास्य पदक जितेको हो ।

प्रत्येक तौल समूहका खेलाडीबीच प्रि–जर्ज गरी उत्कृष्ट पाँचबाट फाइनल खेलाएको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिनुभयो । शारीरिक सुगठनतर्फ ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स एक सय ७० सेमी र एक सय ७० सेमीमाथिको विधामा प्रतिस्पर्धा हुनेछ । भने महिलाहरुले खुला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा पनि सोमबार हुने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रदेश एक, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लबका ९४ खेलाडीले सहभागिता जनाउनुभएको छ । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

स्टान्डर्ड एकल फाइनल समिकरण पूरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्तीमगर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराउनुभयो । यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकीका दुर्गा घर्ती मगरले बाग्मतीका फारमसेन शेरचनलाई ६–४ को सेटमा पराजित गर्नुभएको हो ।
महिला एकलतर्फ प्रदेश १ की योगिता कामवाङले नेपाल आर्मीकी खड्गकुमारी थापा मगर विरुद्ध ७–३ को सेटमा जीत दर्ता गर्नुभएको हो । यस्तै, अर्को सेमिफाइनलमा एपीएफकी सोनुजया राईले नेपाल आर्मीकी शारदा विकलाई ६–४ सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्नुभयो ।

वरियता निर्धारणका क्रममा पुरुषतर्फ पहिलो स्थानका दुर्गा घर्तीमगर र दोस्रो स्थानका नगेन्द्र आचार्य दुवै फाइनल पुग्नुभयो । महिलातर्फ सोनु जया र योगिता कामवाङ फाइनल पुग्नुभएको हो ।

वरियता निर्धारण

आर्चरीकै रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फको ¥याङकिङ राउण्ड सकिएको छ । रिकर्भ (७० मिटर) पुरुषतर्फ गण्डकीका गङ्गाबहादुर कुँवर पहिलो वरियतामा रहनुभएको छ । यस्तै, पुलिसका तिलक पुन ६३५ स्कोर र गण्डकीका असिम शेरचन ६३० अंङ्कका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

कम्पाउण्ड (५० मिटर) महिलातर्फको विधामा एपीएफकी पार्षदा आचार्य छ सय ६१ अङ्कका साथ वरियताको शीर्ष स्थानमा रहनुभएको छ । आर्मीकी इमायुङ राई छ सय २७ स्कोरका साथ दोस्रो वरियतामा रहनुभएको छ । यस्तै, छ सय ११ स्कोरका साथ निर्मला राई कामवाङ तेस्रो स्थानमा हुनुहुन्छ ।