सन्दीप प्रकरण : केस झन् झन् जटिल अवस्थामा !

सन्दीप लामिछाने प्रकरणले नाटकीय मोड लिएको छ । फिल्मको कहानीजस्तै सन्दीप प्रकरणमा नयाँ नयाँ मोड र क्लाइमेक्सहरु देखा पर्न थालेको छ । अहिले सो प्रकरणले बिश्वमै नाम कमाएकी समाजसेवी अनुराधा कोइरालाको बदनाम भएको छ ।

यता पिडित बालिकालाई बिधालय जान नदिएको भन्दै गम्भीर आरोप अनुराधा कोइरालालाई छ ।

अनुराधा कोइराला खण्डन गर्दै बसेकी छिन् तर बेचबिखनमा बेचिएकी चेलीहरु उद्धर गर्दै आएको संस्थाले काठमाडौंको होस्टेलमा महिनाको १५००० भाडा तिरेर बस्दै आएकी बाबुआमा र अभिभावक भएकी पिडितलाई संरक्षणको नाममा बन्धक बनाएर राखेपछि डलरको चलखेल भएको हुनसक्ने अनुमान जोकोहीले सहजै लगाउन सक्दछ ।

यतिमात्र होइन जुनेली काठमाडौंको नाम कमाएको चर्चित स्कुलमा महगों स्कुलमा पढ्दै आएको खुलेको छ । सन्दीपसँग डेटमा गएर सँगै मस्ती गर्ने जुनेलीलाई माइती नेपालले बन्धक बनाएकोप्रति आवाज उठ्नु स्वभाविक पनि हो । घटनाको सुरुवात र योजनाबद्ध प्रयासमा माइती नेपालको संलग्नता रहेको एक जना अधिब्ता बताउँछन् । उनले आफुले चाडै प्रमाण समेत सार्वजनिक गर्ने बचन दिएका छन् ।

माइती नेपाल सरकारवादी मुद्धामा हात झिकिरहेको छ जसको परिमाण निकै भयानक हुनेछ भन्नेमा कुनै शंका छैन् । आज पनि काठमाडौंमा माइती नेपाल जस्तै सयौं एनजीओ सञ्चालनमा छन् । उनीहरु( केहीमात्र) आफ्नो वास्तविक काम कर्तब्य भुलेर संबिधानको खिलाप गइरहेका छन् जसको परिणाम निकै भयानक हुनेछ । माइती नेपालले सन्दीप प्रकरणमा आएपछि मात्रै किन संरक्षणमा लियो ?

यसको जवाफ दिन माइती नेपाललाई पसिना छ्टिरहेको छ । माइती नेपालकी संस्थापक अनुराधा कोइराला पनि आफ्नो धर्म नै त्यही भएको भन्दै सन्दीपको अभिब्यक्तिलाई प्रभावित पार्ने अभिब्यक्ति दिइरहेकी छिन् । नाम कमाएकी अनुराधा कोइरालाको अभिब्यक्ति पछि पिडितको परिवार पनि झनै तनाव खेपिरहेको जानकारी आएको छ ।

यो पनि :

कैलाली । केन्द्रमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा देउवाविरुद्ध उम्मेदवारी दिएका कर्ण मल्लाई सघाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सभामा आकांक्षी रहेका डा.तारा जोशीले गठबन्धनमा सिट नपाएपछि प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दर्ता गरेका विपी कांग्रेसका मल्लाई सघाउने गरी सम्झौता पत्रका हस्ताक्षर भइसकेको छ ।

अघिल्लो पटक प्रदेश सभामा नेपाली कांग्रेसबाट निर्वाचित कर्ण मल्ल अहिले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध खडा भएका छन् भने अघिल्लो पटक मल्लसँग झिनो मतान्तरले पराजित जोशी अहिले मल्ललाई जिताउन कस्सिएका छन् ।

कांग्रेस जिल्ला सभापति रहेका मल्ल प्रदेश सभामा विजयी हुँदा एमाले जिल्ला अध्यक्ष रहेका जोशी ३५६ मतले पराजित भएका थिए । अहिले दुबै जनाले एक अर्कालाई जिताउने गरि तालमेल गरेका हुन् ।

यस अघि एमालेले प्रतिनिधि सभामा विपी कांग्रेसलाई सघाउने बताएको थियो । तर, प्रदेश सभामा बिपी कांग्रेसले नेकपा एकीकृत समााजवादीलाई सघाउने बारे छलफल सुरु गरेपछि एमालेले तालमेल नरहेको प्रष्ट पारेको छ ।

यहाँ एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार छैनन् । प्रतिनिधि सभामा पार्टीबाट चक्र स्नेहीको उम्मेदवारी दर्ता गरिएको भएपनि विपी कांग्रेससँग तालेमल गर्ने भन्दै उनलाई फिर्ता गरिएको थियो । यता प्रदेश सभामा एमालेबाट पठानसिंह बोहरा र गजेन्द्र शाही उम्मेदवार बनेका छन् भने गठबन्धनबाट कांग्रेसका गोबिन्द बोहरा र माओवादी केन्द्रका खगराज भट्ट उम्मेदवार बनेका छन् ।

कांग्रेसका बोहरा र एमालेका शाहीको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर विपी कांग्रेससँग तालमेल गरेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटीले अमेरिका निवासी आशिष गेलालसँग बैबाहिक जीवनमा बाँधिएको ६ महिना पनि पूरा भएको छैन । तर उनीहरुको बैबाहिक सम्बन्ध चिसिएको हल्ला चल्न थालेको छ ।

आशिष र वर्षाको पछिल्लो क्रियाकलापले पनि उनीहरुको सम्बन्ध राम्रो नरहेको अनुमान लगाउन सकिन्छ । हालै बर्षाले श्रीमान् आशिषलाई सामाजिक संजालबाट अनफलो गरेकी छिन्, भने उनको श्रीमान् आशिषले पनि उनलाई अनफलो गरेको देख्न सकिन्छ । त्यतिमात्र कहाँ हो र, वर्षाकी आमा दुर्गा सिवाकोटीले पनि आशिषलाई अनफलो गरेकी छिन् । यी क्रियाकलापले पनि वर्षा र आशिषबीच अहिले सम्बन्ध ठीकठाक नरहेको अनुमान गर्न सकिन्छ ।

वर्षाले गत बैशाख ९ मा आशिषसँग विवाह गरेकी थिइन् । बिहे गरेको केही समयपछि अमेरिका पुगेकी वर्षा केही महिना उतै रमाइन् । तर उनी दशैं अगाडि नै नेपाल फर्किएकी थिइन् । त्यसपछि वर्षाले आमासँग घुमघाम गरिन् । उनी केही दिन अगाडि मात्र आमाको साथमा सिंगापुर र थाइल्याण्ड पुगेर फर्किएकी छन् । अहिले उनी नेपालमा रहेपनि मिडियामा खासै छाउँदिनन् । त्यसको कारण पनि श्रीमान्सँगको सम्बन्ध हुन सक्ने अनुमान गरिएको छ ।

वर्षाले सामाजिक संजाल इन्स्टाग्रामबाट पनि आशिषसँगको बैबाहिक जीवनका २ तस्वीर बाहेक सबै हटाएकी छन् । भने नेपाल आएपछि पनि कुनै तस्वीर पोष्ट गरेको देख्न सकिन्न । यसले पनि वर्षा र आशिष सम्बन्धमा खटपट आएको भन्ने कुरोमा बल पुगेको छ । यस बिषयमा वर्षाले आगामी दिनमा मिडियामा राख्ने नै छिन् । वर्षा र आशिषले गत बैशाख ९ गते काठमाडौंको एक पार्टी प्यालेसमा सिमित आफन्तको उपस्थितिमा विवाह गरेका थिए ।