षड्यन्त्रको शिकार भए गोबिन्दा, १६ करोड डुबेको खुलासा

९० को दशकमा गोबिन्दा सिनेमाघरमा राज गर्दथे । यद्यपि, पछिल्लो केही वर्षमा उनका जुन फिल्म रिलिज भए त्यसले खासै राम्रो प्रदर्शन गर्न सकेन । गोबिन्दाले पहिले पनि आफ्नो करि’यर समाप्त गर्ने कोसिस गरिएको भन्नेबारे जानकारी दिएका थिए । आफ्नो पछिल्लो अन्तर’वार्तामा उनले यस्ता केही मु’द्दामा कुराकानी गरेका छन् ।

फिल्म कुली नम्बर वानको रिमेकबारे गोबिन्दाले केही भन्न नै अस्विकार गरेका छन् । फिल्म अघिल्लो वर्ष ओटीटी प्ले’टफर्ममा रिलिज भएको थियो र यसले नेगेटिभ रिभ्यू पाएको थियो । फिल्मको निर्देशन डेविड धवनले गरेका थिए जोसँग गोबिन्दाले थुप्रै सुप रहिट फिल्म दिए ।

गोबिन्दाले भने, ‘तपाईंले मलाई कहिल्यै पनि कोहीविरु’द्ध बोलेको पाउनुहुँदैन । जबकी धेरैजसो मानिसहरुले मेरा बारे कुरा गर्छन् । म कहिल्यै कसैको कामलाई जज गर्दिनँ किनभने म सबैको मिहिनेत र लगानी गरिएको पैसालाई इज्जत गर्छु ।’

गोबिन्दा थप्छन्, ‘पछिल्लो १४–१५ वर्षमा मैले पैसा लगानी गरेँ र मैले करिब १६ करोड घाटा व्यव’होर्नुपर्यो । केही मानिसहरुले ममाथि असाध्यै नराम्रो व्यव’हार गरे ।

यीमध्ये केही इन्ड’ष्ट्रिका मानिसहरु पनि थिए । मेरो फिल्मले थिएटर पाएन र उनीहरु मेरो करियर समाप्त गर्न चाहन्थे, जुन भएन । अब म सन् २०२१ मा धमाकाका लागि प्रतीक्षा गरि’रहेको छु ।’

बलिउडमा तपाईंवि’रुद्ध ष’ड्यन्त्र रचियो ? यसको जवाफ’मा उनले भने, ‘हो, निश्चित रुपमा भएको थियो । भनिन्छ नि आफ्नो पनि पराई हुन्छन् । यदि भाग्य तपा’ईंको पक्षमा छैन भने तपा’ईंका आफ्ना मानिसहरु पनि तपाईं वि’रुद्ध हुने छन् ।’