बूढीगण्डकी भ्रष्टाचारमा शीर्ष नेतालाई लगाएको आरोपबाट पछी हटे भट्टराई भने- ‘ती सूचनाहरु अपुष्ट थिए’

गोरखा- नेपाल चुनावी माहोलमा छ। यस बीच कसैले आरोप लगाउंदै कसैले अरुले गरेको काम पनि मैले गरेको हो भन्दै जस लिगेका छन्। यसै माहोलमा करिब डेढ वर्ष अघि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी (गेजुवा ग्रुप) लाई दिँदा शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब रुपैयाँ घुस खाएको आरोप लगाएका थिए । र, प्रमाण सहित रहेको खुल्लासा गरेका थिए।

तर अहिले गठबन्धनमा भएर हो या छोरी मानुषीलाई काङ्ग्रेस र माओवादीको साथ लिएर जिताउन हो या अन्य कुनै कारणले हो उनले आफूले बोलेको वाक्य प्रति सच्याएका छन्।

कुनै बेला उत्तेजनामा आएर भट्टराईले उक्त खुलासा गरे पनि कुनै प्रमाण देखाउन सकेका थिएनन्। त्यसबाट पटकपटक शिर्ष नेताहरुले प्रमाण देखाउन आग्रह / चुनौती दुवै गरेका थिए तर भट्टराईले सकेका थिएनन्। उनी प्रमाण देखाउन चुकेको कुराहरु नेपाली जनतालाई राम्रै संग अवगत छ।

कांग्रेस पार्टी कार्यालयमा आयोजित गठबन्धन दलहरुको अभिमुखिकरण कार्यक्रममा भट्टराईले भने, ‘हिजो त्यतिबेला मैले अलिकति आलोचना गरेकै हो, किनभने नेपाली आफैंले बनाउनुपर्ने आयोजना कता–कता कसको खेलमा बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचनाहरु पाएको थिएँ, तर ती सूचनाहरु अपुष्ट थिए, त्यसको आधारमा मैले त्यो बेला बोलेकै हो, अब त्यो सच्चियो ।’

नेपाल आफैले आयोजना बनाउने भएपछि अव बूढीगण्डकीबारे आफूहरुकाबीच कुनै विवाद नभएको उनले स्पष्ट पारे । र, लागेको आरोप प्रति उनी सत्य नभएको प्रष्ट पारे।

कुनै बेला कटाक्ष र आलोचना गर्ने भट्टराईको यो रुप देखेर जनता सबै दंग परेका छन्। यो अस्थिर बोली सुनेर जनताहरुले भट्टराईमाथी नै प्रशन उठाएका छन्। सत्य र तथ्य नरहेको जिगिर गर्ने भट्टराईले त्यतिबेला यस्तो शब्द बोल्नु नै गलत थियो।

आफ्नो बोलीमा तटस्थ नरहेको भट्टराईको यो भनाइले जताततै आलोचित हुनु परेको छ। समय र परिस्थिति अनुसार भट्टराईले बोली फेरको कुनै नौलो त पक्कै होइन तर यस बूढीगण्डकी बारेको बिषयले डा. बाबुराम भट्टराई अस्थिर पात्रको रुपमा पुन: उभाएको छ।

यो पनि :
गोरखा- माओवादी केन्द्रका अध्यक्ष पुष्प कमाल दाहाल ‘प्रचण्ड’ ले आफूले भाषण गर्दा ‘चिङकाङसान’ लाई जोडेर प्रसंग राखेका थिए। उक्त भाषणमा ‘चिङकाङसान ‘को प्रसंग धेरैले बुझेका थिएनन्। त्यसैले सबै बिच प्रश्नहरु उठ्न थाल्यो।

त्यही प्रश्नको जवाफ दिन माओवादे केन्द्रका नेता लेखनाथ न्यौपानेले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् –
‘चिङकाङसानबारे
(क) पार्टी अध्यक्ष प्रचण्डले गोरखामा कार्यकर्ताबिचमा बोल्ने क्रममा माओ जसरी चिङकाङसान फर्किएका थिए, त्यसरी नै आफू पनि चिङकाङसान आएको कुरा गर्नुभएपछि धेरै साथीहरुले के हो चिङकाङसान र त्यहाँ के भएको थियो ? भनेर सोध्नु भयो । त्यसकारण यो प्रसङ्ग यहाँ प्रस्तुत गरिको हो ।

(ख) १९२७ सेप्टेम्बर ९ मा हुनानको चिङकाङसानमा माओले शरदे बाली विद्रोहको नेतृत्व गर्नुभयो । यसका उद्देश्यहरू निम्नानुसार थिए–

१. प्रान्तीय पार्टीलाई क्वोमिन्ताङ (चियाङ काई सेक नेतृत्वको चिनियाँ राष्ट्रवादी पार्टी, जुन पार्टी जापानविरोधी गृहयुद्धमा जापानको पक्ष र चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको प्रतिरोध युद्धविरुद्ध लाग्यो । चीनमा जनवादी क्रान्ति सम्पन्न भएपछि ऊ भागेर ताइवान पुग्यो । आज अमेरिकाको समर्थनमा ताइवान चीनभन्दा भिन्दै स्वतन्त्र राज्य हो भनेर त्यही पार्टीको नेतृत्वमा सरकार छ ) बाट पूरै अलग्याउनु ।’

२. किसान–मजदुर क्रान्तिकारी सेनाको गठन गर्नु ।

३. मझौला तथा ठूला जमिन्दारका सम्पत्ति जफत गर्नु ।

४. हुनानमा क्वोमिन्ताङबाट स्वतन्त्र रहेको कम्युनिस्ट पार्टीको सत्ता खडा गर्नु ।

५.सोभियतहरूको गठन गर्नु ।

(ग) सन् १९५६ मा चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सम्पन्न भयो । यसमा ल्यू शाओ चीको ‘चीनको तात्कालीन प्रधान अन्तरविरोध जनताको बढ्दो आवश्यकता र उत्पादक शक्तिका बीचको हो’ भन्ने कार्यदिशा पास भयो । यसको अर्थ पूँजीवादको विकास गर्नुपर्छ भन्ने हुन्थ्यो र यो धारणा उत्पादनका साधानमाथि समाजवादीकरणका विरुद्ध थियो । जुन बर्नस्टीन, काउत्स्की, बुखारिन जस्ता संशोधनवादीहरुले समातेको पुरानो र बदनाम बाटो थियो । चीनमा स्थापित समाजवादी सत्ताको नेतृत्व गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीभित्र दक्षिणपन्थी हावा चल्न थालेपछि वा वाम गल्ती सुधार्ने नाममा दक्षिण झुकाव प्रष्टसँग देखापरेपछि माओ पार्टीभित्रको दक्षिणपन्थी तप्कालाई दबाब दिने उद्देश्यले पुरानो क्रान्तिकारी आधार इलाका चिङकाङसान पुगेका थिए । माओ चिङकाङसान जानु एक हिसाबले सर्वहारा साँस्कृतिक क्रान्ति (सन् १९६६–१९७६) को पूर्वतयारी जस्तो भयो ।’