सुई चिह्न पाए देउवाविरुद्ध उठेका सागर ढकालले

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकालले चुनाव चिह्न सुई पाएका छन्। उनले डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।केही वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा शेरबहादुर देउवालाई प्रश्न गर्दा उनले हप्की खाएका थिए। अहिले ढकालले उनै देउवाको क्षेत्रमा उम्मेदवारी दिएका हुन्।

‘मैले सोचेर नै सुई चुनाव चिह्न लिएको हुँ,’ चुनाव चिह्न पाएपछि ढकालले भने, ‘देश बिरामी छ, अब सुई लगाउनु पर्छ। देशलाई अब एक डाक्टरको खाँचो छ भनेर साङ्केतिक रूपमा उक्त चिह्न लिएको हुँ।’उनले अब राजनीतिमा पनि सुइँको आवश्यकता रहेको बताए। ढकालले भने, ‘अब शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड लगायतका नेतालाई सुई लगाउनु पर्‍यो। डडेल्धुराका जनताले पनि देउवालाई सुई लगाइदिन्छन्।’

यो पनि पढ्नुहोश:ललितपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारका रुपमा लोकप्रीय रहेका डा. दीपेश केसीले क्रस खुकुरी चुनाव चिन्ह लिएका छन् । आज निर्वाचन आयोगको क्षेत्रीय कार्यालयमा उनले क्रस खुकुरी चुनाव चिन्ह रोजेका हुन् ।

चुनाव चिन्ह लिएपछि नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदी, सदस्यहरु निरञ्जन देव थापा, सुमन केसी पौडेल, विदुर कँडेल, सुर्यबहादुर केसी पौडेल, गिरी चाचोलगायतले बधाई तथा शुभकामना दिएका थिए । केसीलाई चुनाव चिन्ह क्रस खुकुरी समेत लगाइदिएका थिए ।

आजै नेपाल स्वतन्त्र नागरिक सञ्जालका देशभरका प्रतिनिधि सभाका उम्मेदवारहरुले क्रस खुकुरी लिएका छन् ।

केहीले उक्त चिन्ह प्राविधिक कारणले नपाएपछि अन्य चिन्ह लिएका छन् ।लोकप्रीय कानून व्यवसायी स्वागत नेपाल, मोडल खुस्बु ओलीलगायतले पनि क्रस खुकुरी चिन्ह लिएका छन् । सिराहाका क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार कासिन्द्र यादवले पनि क्रस खुकुरी लिएका छन् ।