एमालेले जसलाई पनि धोका दिन्छ ,एमालेमा कोहि नलागे हुन्छ : करिश्मा मानन्धर

काठमाडौं ।

अभिनेत्री करिश्मा मानन्धरले पार्टीबाट टिकट नपाएपछि बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भन्दै स्पष्टिकरण दिएकी छन् ।

पार्टीबाट टिकटको अपेक्षा गरेकी मानन्धरले टिकट नपाएपछि सामाजिक सञ्जालमा एक पूरानो तस्वीर सहित एक स्टाटस पनि रखेकी छन् । उनको उक्त स्टाटस सोहि कुरा प्रति लक्षित देखिन्छ ।

मानन्धरले फेसबुकमा लेखेकी छन् , ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवानले सबै दिए। तर, आज महसुस हुँदै छ। बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो।

उनले आफु निकटवर्तीहरु लाई ओली एमाले ;ले जसलाई जति बेला पनि धोका दिन सक्ने हुदा एमालेमा नलागेकै राम्रो बताउने गरेको स्रोतले बतायो

करिश्मा गत चैतमा एमाले प्रवेश गरेकी थिईन । उनी बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिईन ।

एमालेको टिकट वितरण प्रति मानन्धरको असन्तुष्टि स्पष्ट देखिन्छ ।