विराटनगरमा ‘प्रहरीको हाकिम हुँ’ भन्दै के सम्म गरेनन् २९ वर्षीय रविनले

मोरङ, २६ असोज

प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

याे पनि ः

काठमाडौं, असोज २४ । बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने पिडित भनिएकी युवतीसँग एउटै होटलमा करिब ७ घण्टा सँगै बसेको पाइएको छ ।

सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन्। न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।

त्यस्तै सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।

वकिल रिजालका अनुसार पीडित भनिएकी युवत्किा दुईवटा जन्मदर्ता बनाएको देखिएको छ। सिलसिलाबद्ध रूपमा उहाँ ९सन्दीप० लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ। त्यो प्रमाण पेस गर्छौं। उहाँ ९सन्दीप० निर्दोष हुनुहुन्छ।’

सन्दीपले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताए। स्रोतकमा अनुसार राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तानसमेत रहेका लामिछानेलाई पीडित भनिएकी युवतीले नै बोलाएपछि उनी गएको सन्दीपको दाबी छ ।

सन्दीपले फ्यानको हिसाबले ठिकै छ खाजा मात्रै खाएर फर्किने सर्तमा गएको कुरा उल्लेख गरेका थिए । ती युवतीको आग्रहमा फ्यानको हिसाबले होटलमा गएको सन्दीपले दाबी गर्दै आएका छन् ।

‘मैले चाहिँ क्याम्पमा जान ढिलो भइसक्यो। बिहानै जानुपर्ने, हुँदैन बरू दरबारमार्गमा गएर कफी खाऔं भन्‍दा पनि अत्ति जिद्दी गरेपछि फ्यानको हिसाबले ठिकै छ खाजा मात्रै खाएर फर्किने सर्तमा हामी गयौं,’ सन्दीपको भनाइ उदृत गर्दै घिमिरेले भने, ‘त्यहाँ जाने बेलामा पनि मेरो होस्टेल जतिबेला पनि खुला हुन्छ भन्नुभयो। तर फर्किनेबेलामा यतिबेला बन्द हुन्छ।

जान मिल्दैन भन्नुभयो।’ भदौ ६ गते बिहान होटलबाट निस्केका लामिछाने सोही दिन टी(२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्न वेष्ट इन्डिज गएका थिए। उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।