मलाई सरकारले मेरो योगदानको उच्च मुल्याङकन गर्दै बिकास बोर्डमा पठाएको हो:भुवन केसी

चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले आफ्नो योग्यताको कदर गर्दै सरकारले बिकास बोर्डमा पठाएको बताएका छन् । न्यूज २४ टेलिभिजनको ई–टक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

कुराकानीको क्रममा उनले भनेका छन्, ‘चलचित्र विकास बोर्डमा जाँदा सरकारले मागेको जुन मापदण्ड थियो, मापदण्डमा त्यो क्राइटेरिया पुग्थ्यो । अंग्रेजी स्कूल पढेको थिएँ, अंग्रेजी पनि राम्रै थियो । यता मेरो चालिसऔं वर्षको सिनेमाको योगदान, जुन प्रकारले मैले सुख दुखमा जानी नजानी केही राम्रा चलचित्र, केही नराम्रा चलचित्र खेले होला, बनाए होला, त्यो योगदानको उच्च मूल्याङकन गर्दै सरकारले मलाई मेरो योग्यताको कदर गर्दै बिकास बोर्डमा पठाएको होनि त ।’

विकास बोर्डका अध्यक्ष हुनका लागि भुवन केसीको शैक्षिक योग्यता नै पुग्दैन भन्ने विभिन्न आरोपहरुको खण्डन गर्दै उनले भनेका छन्, ‘अहिले सबै प्यारेन्टस्हरुले आफ्नो बच्चाहरुलाई खाइ–नाखाई जसरी होस् जसरी पनि एजुकेशनलाई प्रायोरिटी दिने गर्नुहुन्छ । आफू नखाएर पनि शिक्षित हुनुपर्छ बच्चाहरु भन्नुहुन्छ र आफ्नो बच्चाहरुलाई लेबर काम गरेरपनि स्कूल पठाउनुहुन्छ, कलेज पठाउनुहुन्छ ।

उनले थपे, ‘हाम्रो त्यतिबेलाको जमानामा पढाई महत्व दिइन्थ्यो, तर यति धेरै अहिले जस्तो चाँहि थिएन । त्यति हुँदा हुँदै पनि त्यो जमानामा मह चाहिने आदर्श बहुउदेश्यीय विद्यालयबाट सेकेण्ड डिभिजनमा एसएलसी पास गरेको हुँ । त्यसपछि रत्न राज्य लक्ष्मी क्याम्पसमा जोइन गरेँ ।

रत्न राज्य लक्ष्मी क्याम्पसबाट पोलिटिकल साइन्स लिएर आईए पास गरेँ । त्यसपछि त्रिचन्द्र कलेजमा जोइन गरेर बीए पढ्दै थिएँ । त्यतिखेर सेमेस्टर सिस्टम हुन्थ्यो राज्य । सेमेस्टरमा चार वटा सेमेस्टर हुन्थ्यो, चार वटा सेमेस्टर पास गरेपछि क्लास माथि चढ्थ्यो ।’उनले फेरि भने, ‘बीएको तीन वटा सेमेस्टर पढेपछि अन्तिम सेमेस्टरको करिब अन्तिम सेमेस्टर नजिक आएपछि मैले चलचित्र जुनीमा खेल्ने अफर पाएँ ।

मेरो लागि संसारकै सब भन्दा ठूलो कुरा भनेको बच्चैदेखि म रेडियो नेपालको बाल कार्यक्रम हुँदै दश वर्षको उमेरदेखि म रेडियो नेपालमा गीत गाउँदै म कलाकार भनेको हुँ । मेरो ठूलो सपना (ड्रिम) नै कलाकार बन्नु थियो ।

त्यो अपच्र्युनिटी पाएपछि मैले यो अपच्र्युनिटीलाई लिनुपर्छ यो मौका । त्यतिखेर ५÷६ वर्षमा एउटा फिल्म बन्थ्यो । अहिले जस्तो वर्षमा ५०÷१०० वटा फिल्म बन्दैनथ्यो । त्यसैले मैले एक्जाम (परीक्षा) मिस गरेर मैले जुनीबाट फिल्ममा स्टार्ट गरेँ ।

उनले थप भने, ‘फिल्मको डबिङ यहाँ हुदैनथ्यो बम्बई जानुपथ्र्यो । डबिङको क्रममा मैले बम्बईमा नै सम्झना, कुसुमे रुमालहरुको अफरहरु पाएँ । त्यसरी नै एकपछि अर्को फिल्महरु बन्दै गइसकेपछि तपाईँहरु जस्तै दर्शकहरुको माया प्रेमले गर्दा फर्केर हेर्नु परेन । र मेरो पढाई त्यहाँनेर अधुरो भयो, मैले बीए कम्प्लिट गर्न चाँहि सकिन ।’