सन्दीपलाई भेट्न किन आएनन् बुवाआमा ? यस्ताे छ कारण !

काठमाडौं । बिहीबार राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको जीवनकै न’मिठो दिन भयो । उनलाई नेपाली प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै समातेर लग्यो’ । यसअघि उनलाई स्वागत गर्ने हातहरु त्यहाँ हुने गरेकोमा यसपटक त्यसको उल्टो भयो ।

लगत्तै, सन्दीपलाई गौशाला प्रहरी वृ’त्त पुर्याएर हाजिरी गराइयो । त्यसपछि सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर स्वा’स्थ्य परी’क्षण गरियो । त्यहाँबाट फर्काएपछि सोही वृ’त्तको हिरा’सतमा राखिएको छ ।

बिहीबार नै हिरा’सतमा सन्दीपलाई भारतबाट काठमाडौं आएका उनका दाजु मोहन र व’किलले भेटे । चितवनबाट आएका दाजुले सन्दीपको लगेज वृ’त्तबाट बुझेर लगेका थिए । सन्दीपका बाबुआमा भने चितवनमै छन् ।

मध्यमवर्गीय परिवारबाट माथि उठेका प्रतिभा हुन् सन्दीप । उनका बुवा पहिले भारतीय रेल्वेमा काम गर्थे । सन्दीपका बुवा चन्द्रनारायण भारतीय रेल्वेमा काम गर्थे । जागीरबाट रिटायर्ड भएपछि उनी नेपाल फर्किएका हुन् । चितवनको सौराहामा उनीहरुको घर छ ।

सन्दीपको घटना सार्वजनिक भएसँगै बुवाआमामा मान’सिक प्रभाव परेको छ । उनीहरु दुवै अस्व’स्थ बनेपछि अहिले चितवनमै रहेको एक छोरीको घरमा बस्न थालेको पारिवारिक स्रोतले बतायो । अस्व’स्थताका कारण उनीहरु काठमाडौं आउन सकेनन् ।

२० बर्ष नपुग्दै काठमाडौँमा घर किनेका लामिछानेको जन्म स्याङ्जा जिल्लाको आरुचौर (हाल अर्जुनचौपारी गाउँपालिका) मा भएको हो । पढाइभन्दा बढी लगाव उनले क्रिकेटमा दिन्थे पहिलेदेखि नै । तर, पढाइमा पनि बाबुआमालाई जनाएको प्रतिबद्धता भन्दै बढी नै अंक सन्दीपले ल्याउँथे ।

स्याङ्जाको आरुचौरमा जन्मिएका सन्दीप करिब चार पाँच वर्ष त्यहीं बसे । बाबुको जागिर भारतमा रहेकाले पछि उनका परिवार उतै लाग्यो । सन्दीपका बाबु भारतीय रेल्वे स्टेशनमा काम गर्थे । सन्दीपले सात कक्षासम्म भारतमै अध्ययन गरे । भारतमा रहँदा पनि क्रिकेटलाई आफ्नो जीवन ठान्दै लगाव झनै बढाउँदै लगे ।

कम उमेरमा राष्ट्रिय टोलीमा पर्ने सन्दीप कान्छा खेलाडी हुन् । राष्ट्रिय टोलीमा परेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा समेत उनले आश्च’र्यजनक प्रद’र्शन गर्दै आएका थिए ।

सन्दीप कान्छा सन्तान हुन् । उनका तीन दिदी र एक दाजु छन् । सन्दीपका बाबु आमा, भाउजू र भतिजी रत्ननगर–८ मा बस्दै आएका छन् भने दाजु मोहन लामिछाने भारतीय रेल्वे स्टेशनमै कार्यरत छन् ।