कोमल वलीले पाइन् टिकट !

दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेले कोमल वलीले टिकट पाएकी छन् । उनले २०७४ सालकै निर्वाचनमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् ।

पार्टीले टिकट नदिएपछि चुप बसेकी उनलाई एमालेले राष्ट्रिय सभा सदस्य बनाएको थियो । यसपाली एमालेले वलीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो ।

यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाएका छन् ।

याे पनि ः

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् ।

अहिले बेलुका बसेको पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।

प्रचण्ड निकट एक नेताले बाह्रखरीलाई दिएको जानकारीअनुसार गठबन्धनलाई पनि समय दिन पाइने र चितवन सुनिश्चित नदेखिएकाले गोरखाबाट चुनाव लड्न लागेको बताएका थिए ।

“म गोरखाबाट चुनाव लड्छु,” प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने, “गठबन्धनलाई पनि समय दिनुपर्‍यो । चितवन सुनिश्चित भएन । जहाँबाट पनि लड्न तयार हुनुपर्छ भन्ने मेरो मान्यता पनि हो ।

त्यो अवस्थामा गोरखा बढी सुनिश्चित देखियो । त्यहाँ एमाले पनि तेस्रो नम्बरमा छ । गठबन्धनको उमेदवारले सहजै जित्ने देखिन्छ ।”

उनले बाबुराम भट्टराईसहितका नेताले पनि सोही क्षेत्रमा चुनाव लड्न आग्रह गरेको बताएका थिए ।

यो पनि :-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्दीप लामिछाने विगतमा ओर्लिँदा उनका फ्यानहरु कुरिरहेका हुन्थे । प्रतिक्रिया लिन सञ्चारकर्मीहरु पर्खाइमा हुन्थे ।

लामिछानेका लागि विमानस्थलको विशिष्ट (भीआईपी) कक्षको गेट खुला हुन्थ्यो । उनी आउँदा भिडभाड हुनसक्ने भएकाले सुरक्षा व्यवस्थापनका लागि सिनियर प्रहरी अधिकृत नै खटाइन्थे ।

विमानस्थलमा भेटिने यात्रु उनीसँग सेल्फी खिच्न झुम्मिन्थे । तर बिहीबार बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत लामिछाने काठमाडौं अवतरण गर्दाको स्थिति भने भिन्न थियो ।

किनकि, यसपटक विमानस्थलमा लामिछानेविरूद्ध जारी भएको पक्राउ पूर्जी बोकेर प्रहरी टोली कुरिरहेको थियो । उनी सवार जहाज १० बजे काठमाडौं अतवरण गर्ने निर्धारित समय थियो । मौसमका कारण केही ढिलाइ हुँदा थप एक घन्टा लाग्यो ।

ओर्लिने वित्तिकै उनलाई नेपाल प्रहरीका जवानहरुले माइक्रोमा राखे । अरु बेला विशिष्ट व्यक्तिलाई यसरी भीआईपी कक्षतिर ल्याइन्थ्यो । यसपटक चाहिँ नाबालिग बलात्कारका आरोपीका रुपमा प्रहरीले लामिछानेलाई त्यो माइक्रो चढाएको थियो ।

त्यहीँ उनलाई पक्राउ पूर्जी थमाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवाली बताउँछन् ।

गाडीबाट ओर्लिएपछि उनी ‘अराइभल’को रिसेप्सनमा पुगे । त्यहाँ अध्यागमनको प्रक्रिया पूरा भएपछि प्रहरीले उनलाई हत्कडी लगाइदियो । कानून व्यवसायी सरोजकृष्ण घिमिरेले लामिछानेले आफैं आत्मसमर्पण गर्ने भन्दै विमानस्थलमा हत्कडी नलगाइदिन भनिएको बताएका थिए ।

तर जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार प्रहरीलाई त्यस्तो कुनै निवेदन आएको थिएन । ‘निवेदन आएपनि कानूनको नजरमा कोही भीआईपी वा प्रतिष्ठित व्यक्ति भन्ने हुँदैन,’ उनले भने, ‘अरु अभियुक्त सरह नै लामिछानेलाई पनि व्यवहार गरिन्छ ।’

प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्कडी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने । बाहिर सञ्चारकर्मीहरु तस्वीर लिन बसेको देखेपछि कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनले गोजीबाट रुमाल झिके । हत्कडी लुकाउने प्रयास गरे ।

प्रहरी वृत्त, गौशालाले उनीविरुद्ध नाबालिक बलात्कारसम्बन्धी किटानी जाहेरी दर्ता भएकाले पक्राउ गर्न सहजिकरण गरिदिन भन्दै पहिल्यै अध्यागमन विभागलाई पत्राचार गरिसकेको थियो ।