स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा चौधरीको घोषणा, कति मत पाउँलिन् त ?

शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको उनले बताएकी हुन्। उनले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु। जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ।’

चौधरी एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी थिइन्। सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।

पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन्।

नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरीसहित विभिन्न नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

बिहीबार साँझ बालकोटमा नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए। एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन्।

गत स्थानीय निर्वाचनमा रौतहट गुजरा नगरपालिकामा एकीकृत समाजवादीबाट मेयरका प्रत्यासी केशव राय चौधरी, एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य वडा १,४,६,७,९,को वडा अध्यक्षको प्रत्यासीसहित पचासभन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको बताइएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा (एमाले)का नेता द्वारिकालाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश छन्। आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरे।

२०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।

इटहरी १७ घर भएका चौधरी २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा एमालेको समानुपातिक उम्मेदवार समेत थिए।*