‘प्रेमगित ३’ टिकटकमा छ्याप्छ्याप्ती , हिन्दी संस्करण पनि लिक भएपछि तनावमा निर्माता निर्देशक

शुक्रबार देखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगित ३ को हिन्दी संस्करण रिलिज गरिएसँगै पाइरेसी भएको छ ।‘प्रेमगित ३’ का दृश्य हरु यति बेला टिक टक हरुमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । फिल्म हेर्न गएका दर्शकले नै उक्त फिल्मको दृश्यहरु टिकटकमा अपलोड गरेको भेटिएको छ ।

नेपाल भारत र अन्यमुलुक गरी लगभग ६०० सय पर्दामा एकसाथ प्रदृशनमा आएको फिल्म भारतका ३ सय ३० वटा पर्दामा एकसाथ रिलिज गरिएको छ ।लामो समयसम्मको विवाद तथा प्रचार प्रसारपछि प्रर्दशनमा आएको फिल्मको हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुने भएको छ ।

‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा रिलिज नगरिँदै लिक भएपनि नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज गरिनेछ । उक्त फिल्म ‘अनएथिकल’ एप ‘टेलिग्राम’ मा लिक भएको निर्माण यूनिटले जनाएको छ ।इतिहासमा पहिलो पटक नेपाललाई ‘ग्लोबल मार्केटमा ‘ मा पुर्याउन सफल यस चलचित्रले भारतमा पनि अपेक्षित मात्रामा शो प्राप्त गर्न नसके पनि निर्माता सन्तोष सेनको यो हिम्मतको सबैले तारिफ गरेका छन् ।

शुक्रबारदेखि रिलिजमा आएको नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतीय बक्स अफिसमा पहिलो दिन असफल भएको बक्स अफिस इन्डियाले उल्लेख गरेको छ । बक्स अफिस इन्डिया लेख्छ–‘यो नेपाली फिल्म ‘प्रेमगीत ३’का लागि सुखद समाचार होइन । यो फिल्मको प्रचार भारतमा राम्रोसँग गरिएको थियो । तर, फिल्मले कमाई गर्न सफल भएन ।’

बक्स अफिस इन्डियाले नेपाली फिल्मको आँकडा समेत सार्वजनिक गरेको छैन । यसको अर्थ, फिल्मको कमाई निक्कै नै कमजोर रहेको वुझ्न सकिन्छ । भारतका मल्टिप्लेक्स चेनमा गतिलो शोज नपाएको फिल्मले भारतीय बजारमा नेपाली फिल्मको क्रेज बनाउने अपेक्षा थियो ।

सन्तोष सेन र उनको टिमले प्रचार प्रसार पनि राम्रो गरेको हो । तर, समीक्षकबाट गतिलो प्रतिक्रिया नआउँदा फिल्मको व्यापार निक्कै नै कमजोर रहन पुग्यो ।फिल्मले नेपालमा भने राम्रो कलेक्शन गरिरहेको छ । बक्स अफिस इन्डियाले भारतीय बजारमा ‘अवतार’ पुनः रिलिज गर्दा शुक्रबार १.८५ करोडको कमाई गरेको उल्लेख गरेको छ ।

यस्तै, ‘धोका–राउन्ड दि कर्नर’ले शुक्रबार १.१५ करोड कमाएको बक्स अफिस इन्डियाले लेखेको छ ।बक्स अफिस इन्डियाका अनुसार, फिल्म ‘चुप’ले पहिलो दिन ३ करोडको कमाई बक्स अफिसमा गरेको छ ।