युगौँ युगमा एक पटक केपी ओली जन्मन्छन्

एकीकृत समाजवादीको केन्द्रीय सदस्य छाडि आइतबार एमाले प्रवेश गर्नुभएका भरतबाबु कार्कीले आफूले एक वर्ष कालो दिनको रूपमा बिताएको बताउनुभएको छ ।

सशस्त्र प्रहरीका पूर्व एसएसपी समेत रहनुभएका कार्कीले माधव नेपालको पार्टीमा लागेर आफ्नो एक वर्ष त्यतिकै बितेको बताउनुभयो । आफ्नो एक वर्षको समय कालो दिनको रूपमा व्यतीत भएको उहाँले सुनाउनुभयो ।

माधव नेपाल कुण्ठाले भरिएको व्यक्ति भएको उहाँले बताउनुभयो । उहाँसँग स्वार्थ र कुण्ठा बाहेक केही नभएको कार्कीको दाबी छ । केपी ओलीको साँढे ३ वर्षको कार्यकाल नेपालको विकासमा स्वर्ण युगको रूपमा रहेको कार्कीले बताउनुभयो । केपी ओली जस्ता नेता देशले हतपत नपाउने थापाको भनाइ छ । ‘युगौँ युगमा एक पटक केपी ओली जन्मन्छन्’, उहाँले भन्नुभयो ।

केपी ओली देशलाई खाँचो रहेको उहाँको भनाइ छ । केपी ओलीलाई फेरी प्रधानमन्त्री नबाएसम्म देशले निकास नपाउने कार्कीले बताउनुभयो ।

काम नगर्ने माधव नेपालको पार्टीलाई आफूले परित्याग गरेको कार्कीले बताउनुभयो । ‘माधव नेपाल कुण्ठाले भरिएको भाँडो हुन्’, उहाँले भन्नुभयो ।

शेरबहादुर नीति र दृष्टिकोण नभएको नेता भएको उहाँले बताउनुभयो । र्‍याल चुहाएर बस्ने र हिँड्न समेत नसक्ने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको बदनाम भएको उहाँले टिप्पणी गर्नुभयो ।

याे पनि ः

गठबन्धनको निर्णयलाई चुनौती दिँदै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित धनकुटाका सवै नेता–कार्यकर्ताले बिद्रोह गरेका छन । आफू र आफ्ना नातेदारलाई चुनाव जित्ताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनकुटा पूर्वपञ्च सूर्यबहादुर थापाका छोरा सुनिल थापाका लागि छाडने सहमति गरेपछि धनकुटा माओवादीले बिद्रोह गरेको हो ।

प्रचण्डको निर्णयलाई चुनौती दिई गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिई स्वतन्त्र उम्मेदवारको पक्षमा लाग्ने घोषणा गरेका छन ।

माओवादीले धनकुटाको प्रतिनिधिसभा सीट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिनुभएको हो ।

जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जनाउनु भएको छ ।

बैठकले जिल्लास्थित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ । बैठकले हेमराज भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । गठबन्धनबाट धनकुटाको सीट नेपाली कांग्रेसले लिने लगभग निश्चित छ । यसअघि राप्रपाबाट चुनाव लडेर एमालेका राजेन्द्र राईसँग पराजित सुनिल थापा यसबीचमा कांग्रेसका शीर्ष नेतृत्वमा हुनुहुन्छ ।

उहाँका लागि कांग्रेसले धनकुटा लिएको छ भने माओवादीले थापालाई भोट नहाल्ने भन्दै पार्टीमै रहेर गठबन्धनमा घात गर्नुभन्दा स्वतन्त्र अभियानबाट चुनाव लड्ने निर्णय गरेको हो ।