न्यायालयलाई नै बालेन शाहको काउन्टर, सोधे यस्तो प्रश्न !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले उच्च अदालत पाटनको आदेशलाई काउन्टर दिएका छन् । बुधबार उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका वैध संरचनाहरू तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेपछि असन्तुष्ट बालेनको अभिव्यक्ति सार्वजनिक भएको छ ।

सोही आदेशपछि बालेनले सामाजिक सञ्जालमार्फत अदालतको आदेशमा टिप्पणी गरेका हुन् । ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इछुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ ?’ उनले भनेका छन् ।

यसअघि पनि बालेनले अ’वैध संरचना नहटाउन भनी सर्वोच्च अदालतले आदेश दिएपछि सामाजिक सञ्जालमार्फत नै टिप्पणी गरेका थिए । उनको त्यस टिप्पणीवि’रुद्ध अदालतको अव’हेलनाको मु’द्दा दायर भएको थियो ।

‘सार्वजनिक जग्गा संरक्षणका लागि तपाईँहरु काम गर्दै हुनुहुन्थ्यो । हिजोआज किन छोड्नु भएको ?’ काठमाडौँ महानगरका प्रमुख बालेनले उपत्यका विकास प्राधिकरणका अधिकारीलाई सोधेको प्रश्न हो यो ।

हिजो जेडिए कम्प्लेक्स सुन्धारामा बसेको पूर्वाधार समन्वय समितिको बैठकमा प्रमुख शाहको यो प्रश्नको उत्तरमा प्राधिकरणका इञ्जिनियर सौरभ ढकालले, उत्तरका लागि आयुक्तसँग कुरा गर्नुपर्ने बताए ।

आफूले गरेका कामको प्रगति सुनाउने क्रममा नेपाल विद्युत प्राधिकरणका निर्देशक श्रीरामराज पाण्डेले, भूमिगत विद्युत प्रसारण लाइनसँगै सडक किनारामा राखिएका ११० वटा प्यानलले मार्ग अ’वरोध गर्ने भएकोले पुनः डिजाइन गरेर पुनस्र्थापना गर्न लागिएको बताए ।

यसलाई पूरै भूमिगत गर्न मिल्दैन भन्ने प्रश्नको उत्तरमा पाण्डेले नमिल्ने बताएपछि प्रमुख शाहले के यो सयौँ बर्षसम्म पनि यस्तै हो त? प्रतिप्रश्न गरेका थिए । यस क्रममा निर्देशक पाण्डेले आउँदो ३० बर्षका लागि अहिले काम गरिरहेको बताए ।

बैठकमा उपप्रमुख सुनिता डंगोलले, भित्री सहरी क्षेत्रमा खानेपानीको अ’भाव झेल्नु परेको गु’नासो आउने गरेको प्रसङ् उठाउँदै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई अवस्थाका विषयमा प्रश्न गरिन् ।

प्रश्नको उत्तरमा शाक्यले, पुराना पाइपमा खिया लागेको, टु’टफुट भएकोले पानी वितरणमा समस्या भएको बताए । हामीले पहिलो र दोस्रो चरणमा परीक्षण गरिसकेका छौँ । अब पहिलेको समस्यामा कमी आउँछ । शाक्यको जवाफ थियो ।

सहरी सुन्दरताका काम पर्व अगाडि गर्नुपर्छ । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘सबैको प्रयत्नबाट सुन्दर राजधानी सहर बनाउनुपर्छ ।’

विद्युत प्राधिकरणसँग सडक बत्ती व्यवस्थापन गर्ने सम्बन्धमा उठेको सवाललाई स्पष्ट पार्दै उनले थपे, ‘ढाँचा एकिन नभए सूचना प्रकाशित भएपछि अन्यौल भएको हो । दुवै पक्षका अधिकारी बसेर टुङ्गो लगाउनुपर्छ ।’

बैठकमा अधिकारीहरुले महानगरले सञ्चालन गरिरहेको अ’नधिकृत संरचना हटाउने कामको प्रशंशा गरेका थिए ।