चुुनावको मुुखैमा सरकारमाथि किन खनिए गगन थापा ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारसँग गुुनासो गरेका छन् । डें’गी नि’यन्त्रणका लागि केही नगरेको भन्दै पूर्व स्वाथ्यमन्त्रीसमेत रहेका थापा सरकारमाथि खनिएका हु्न् ।

मंगलबार नेपाल चिकित्सक संघ दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले को’भिडको म’हामारीबाट सरकारले केही नसिकेको टिप्पणी गरेका छन्। केन्द्रीय मात्रै नभई स्थानीय सरकारले समेत डें’गी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको बताए।

उनका अनुसार काठमाडौंमा सिमित रहेको डें’गी रो’ग देशभर फैं’लिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले ग’म्भिरतापूर्वक काम गर्नुपर्ने बताए।

‘को’भिडबाट अहिले डें’गीको बेलामा आउँदाखेरी खासै धेरै कुराहरू सिक्न सकेनौं। यत्रो ठूलो प्र’कोपको रुपमा आइसकेपछि यो खाली स्वास्थ्य मन्त्रालयको मात्रै विषय होइन। हामीसँग रातारात आ’पतकालीन समयमा काम गर्ने संरचनाहरू छ कि छैन?

उनले सोधे, ‘यो काठमाडौंमा मात्रै सिमित भएको कुरा देशभर फै’ल्ने क्रममा जुन छ। को’भिडबाट सिकेर सरकारले आवश्यक तयारी नगरेको देखियो।’

उनले थपे, ‘को’भिड लगत्तै सरकारको निर्णय, त्यतिबेलाको बजेट आदिलाई हेर्ने हो भने पनि सरकारले स्वास्थ्य संरचनाहरूको निर्माणमा खासै चासो दिएको देखिएन वा सिक्न चाहेन।’

यस्तै, इपिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं उपत्यकालगायत देशभर डें’गी संक्र’मण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्र’कोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।

नियन्त्रणका लागि र्‍यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको छ । ईडीसीडी म’हामारी हेर्ने सरकारको आधिकारिक निकाय हो ।

पछिल्ला दिनमा डें’गीको संक्र’मण देशव्यापी बनेको छ । सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ जनामा डें’गी पुष्टि भएको छ । डें’गीले यो वर्ष २१ जनाको मृ’ त्यु भइसकेको छ ।

उपत्यकाका तीन जिल्लामा मात्रै कुल सं’क्रमणको ५८.६७ प्रतिशत संक्रमित छन् । काठमाडौंमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा सं’क्रमण पुष्टि भएको छ ।