माओवादीका सबै नेताको पोल खोलिदिने भन्दै रोशनी शाहीले मागिन् टिकट !

रोशनी शाहीले माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आफ्नो माग राखेकी छिन् । तत्कालीन सभामुख तथा माओवादी प्रवक्ता कृष्णबहादुर महरालाई ब’ला त्कारको आ’रोप लगाएर जे’ल पठाएपछि चर्चामा आएकी शाहीले पार्टी कार्यालयमा अर्को ल’फडा गरेकी हुन् ।

उनले आगामी निर्वाचनमा टिकटको दावी गर्दै आएकी उनले आफूलाई पुरानो माओवादी भन्दै समानुपातिक टिकटको लागि ब’बाल म’च्चाएकी हुन् ।

के कारण र आधारले म माओवादी कार्यकर्ता होइन रु भन्दै उनी चिच्या’इन्, ‘तिमी सबै नेता ब’ला त्कारी हौ । सबका बारे एक एक थाहा छ । दू’धले नुहाएका कोही छौ भने हात उठाऊ र मलाई टिकट देऊ । होइन भने तिमीहरु सबैको पो’ल खोल्छु ।’

महरासँग जोडेर आफूलाई निर्वाचनमा टिकट नदिने प्र’पञ्च रचिएको रोशनीको ‘आरोप थियो । शाहीले ब’बाल गरेपछि सोमबार २ बज्ने बस्ने भनिएको पदाधिकारी बैठकको केही समयअघि उनलाई ग’लहत्या’एर गेटबाट निकालिएको थियो ।

समानुपातिक बन्दसूची लिएर निर्वाचन आयोगमा पुग्यो माओवादी
नेकपा (माओवादी केन्द्र) का नेताहरू समानुपातिक उम्मेदवारको बन्दसूची बोकेर निर्वाचन आयोग पुगेका छन्। महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिव वर्षमान पुन र नेता लिलामणी पोखरेल आयोग पुगेका हुन्।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ११० जनाको सूची बोकेर उनीहरू निर्वाचन आयोगमा पुगेका हुन्। अहिलेसम्म ३५ बढीले दलले समानुपातिक तर्फको बन्दसूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार (२ र ३ असोज)मा बन्दसूची पेश गर्ने कार्यक्रम थियो ।