कुलमान घिसिङ काठमाण्डौ क्षेत्र नं ३ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने !

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने चुनाव लड्ने आकाङ्क्षा देखाएका छन् ।

घिसिङ काठमाण्डौ क्षेत्र नं ३ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने चर्चा चलेको छ । यसअघि माओवादी केन्द्रबाट चुनाव लड्ने चर्चा भएपनी पछिल्लो समय स्वतन्त्रबाटै लड्ने चर्चा सुरु भएको छ ।

स्थायी घर रामेछाप भएका घिसिङको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक भएर पहिलो कार्यकालमा चर्को लोडसेडिङको मारमा देश रहेको बेला लोडसेडिङलाई मुक्त गरेको भन्दै उहाँलाई उज्यालो नेपालका नायक भन्ने गरिन्छ ।