मुकुन्द रिजालका कारण बालेनको अभियानमा नयाँ ट्वीस्ट !

बालेन शाहले काठमाडौं महानगरको नेतृत्वमा पाइला टेकेसँगै नक्सा पास नभएका संरचना हटाउने काम तीव्र रुपमा अघि बढेको छ । तर, यही बीचमा यो अभियानमा नयाँ ट्वीस्ट आएको छ । एकातिर, फुटपाथ व्यवसायीहरुको असन्तुुष्टीले बालेन आलोचित देखिएका छन् ।

अर्कोतिर, महानगरको उक्त अभियानको डोजरले सोह्रखुट्टेमा रहेको एक वृद्ध महिलाको नक्सा पास भएको घरमा पनि क्षति पुर्याएको छ। विशेष गरि महानगरको १६ वडाका अध्यक्ष मुकुन्द रिजालको दा-दा गिरिले उक्त वृद्धा महिलाको वैध संरचना अर्थात नक्सा पास गरेर बनाएको घरमा डोजर चलाईएको हो ।

चुनावको बेला सहयोग नगरेको निहुमा उनको नक्सा पास गरेको घरमा वडाध्यक्ष रिजालको निर्देशनमा डोजर चलाईएको हो ।

चुनावका समयमा सहयोग नगरेको रिस पोख्दै अ’वैध रुपमा बनेका संरचना भ’त्काउने क्रममा सोह्रखुट्टेस्थित पदमा देवि श्रेष्ठको घरमा १६ नम्बर वडाका अध्यक्ष रिजालले डोजर चलाएका हुन् । पदमा देवी लगायतका परिवारले नक्सा पास भएको जानकारी दिदा दिदै पनि डोजर चलाइएको हो । डोजरले घरको धेरै भाग क्ष’ति पुर्याएको छ ।

वडा अध्यक्ष रिजालले हिन्दी फिल्मको भिलेन पाराले ‘टेलर देखा अब फिल्म देखाउँगा’ डाइलग बोल्दै घरमा डोजर चलाएर क्ष’ति पुर्याएको पिडित श्रेष्ठको भनाई छ ।

उक्त घरको नक्सा पास भएको र १.५ मिटर बाटोको लागि छोडेर घर निर्माण गरिएको नक्सामा उल्लेख छ । यसरी व्यक्तिको रि’सले वडा अध्यक्षले गरेको उक्त दादागिरिले यता नि’र्दोष मानिसहरुले दु’ख पाउने त निश्चत नै छ उता महानगरको बद’नाम पनि हुने नै छ।

रिजालको यस्तो दा’दागिरि पनले बालेनले अधि सारेको अवैध संरचना हटाउने अभियानमा नै प्रश्न चिन्ह खडा भएको छ । तर, रिजालले नक्सा पास भएको उक्त घरको नक्सा पुरानो भएको भन्दै उनले सो घर अ’वैध भएको जि’द्दि गरेका छन् ।

यता, पूर्व प्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले बालेनलाई फुटपाथ व्यवसायीको उचित व्यवस्थापनमा ध्यान दिन सुुझाव दिएका छन् ।