सन्दीप लामिछाने आफैँ नआएपछि नेपाल प्रहरी एक्सनमा !

क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल फर्किन ढिलाई गरेपछि नेपाल प्रहरी एक्सनमा आएको छ । नेपाल फर्किने बताएका लामिछाने त्यसयता एक साता बितिसक्दा पनि नआएपछि प्रहरीले अब नयाँ तरिका अपनाएको हो ।

काठमाडौं जिल्ला अदालतले प’क्राउ पु’र्जी जारी गर्न प्रहरीलाई अनुमति दिइसेको छ। अदालतबाट पाएकै दिन प्रहरीले उनीविरु’द्ध पक्रा’उ पु’र्जी जारी गर्दै फ’रार सूचीमा राखेको थियो ।

त्यस दिन क्यानसँग उनी सम्पर्कमा थिए । भोलिपल्ट सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत आफू नि’र्दोष रहेको र कानुनी लडाइँ लड्न नेपाल फर्किने बताएका लामिछाने त्यसयता एक साता बितिसक्दा पनि सम्पर्कविहीन छन् ।

उनी आफूमाथि लागेको आ’रोपको प्रतिरक्षाका लागि विदेशमै कानुन व्यवसायीसँग छलफलमा रहेको चर्चा चले पनि त्यसको पुष्टि भइसकेको छैन । लामिछाने अहिले कहाँ छन् भन्नेमा नेपाल प्रहरी र क्यानका अधिकारी नै अनभिज्ञ छन् ।

नेपाल प्रहरीका निमित्त प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले लामिछाने नेपाल आइनसकेको बताए । ‘उनीविरु’द्ध दर्ता भएको जाहेरीमा प्रहरीले अनुसन्धान गरिरहेको छ, जाहेरी पर्दा विदेशमा रहेका आ’रोपित अहिले नेपाल आइपुगेका छैनन्,’ उनले भने ।

लामिछानेको हकमा पनि त्यही लागू हुन्छ तर उनी हाम्रो सम्पर्कमा छैनन् ।’ आरोपित व्यक्ति नै नआएपछि अहिले नाबा’लिग किशोरीले दिएको ज’ घन्य अप’ राधसम्बन्धी कि’टानी जा’हेरीको अनुसन्धान प्रभावित बनेको छ ।

प्रहरीले मुलुकी अप’राध संहिता २०७४ को दफा २१९ अनुसार लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । उनीविरु’द्ध क’सुर पुष्टि भए १० देखि १२ वर्षसम्म कै’द सजा’य हुन सक्ने व्यवस्था छ । भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका थिए ।

अफ्रिकी मुलुक केन्यावि’रुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला सकेर सीपीएल खेल्न उतैबाट वेस्ट इन्डिज लागेका लामिछाने सीपीएलमै व्यस्त थिए । सीपीएल चलिरहेकै बेला काठमाडौंमा एक किशोरीले लामिछानेविरु’द्ध गौशाला प्रहरीमा जब’र्जस्ती क’रणीको क’सुरमा जा’हेरी दिएकी थिइन् ।

जा’हेरीमा भदौ ५ मा लामिछानेले ती किशोरीलाई ज’बर्जस्ती नगरकोट पुर्‍याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्‍याई जब’र्जस्ती कर’णी गरेको उल्लेख छ । लामिछाने भदौ ६ मा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए । घटनाको करिब दुई सातापछि मात्रै पी’डित किशोरी प्रहरीमा पुगेकी थिइन् ।

त्यसको भोलिपल्ट (भदौ २२) मा काठमाडौं प्रहरी वृत्त गौशालाले जा’हेरी दर्ता गर्‍यो । पर्सिपल्ट (भदौ २३) काठमाडौं जिल्ला अदालतले लामिछानेविरु’द्ध दर्ता भएको कसुरमा अनुसन्धान गर्न प’क्राउ आदेश जारी गर्‍यो । त्यही दिन प्रहरीले उनीविरु’द्ध पक्रा’उ पुर्जी जारी गरी ‘फ’रार सूची’ मा समेटेको थियो ।

यता क्यानले पनि अदालतबाट प’क्राउ आदेश आएकै दिन लामिछानेलाई कप्तानबाट निलम्बन गर्‍यो । निलम्बनमा परेको भोलिपल्ट भदौ २४ गते बिहान सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पोस्ट गर्दै लामिछानेले आफू नि’र्दोष रहेको र आधारहीन आ’रोप लगाइएको दाबीसहित कानुनी ल’डाइँ लड्ने बताएका थिए ।

तर, त्यसयता सम्पर्कविहीन छन् । स्रोतका अनुसार सुरुमा किशोरीले साथीमार्फत लामिछानेसँग भेटेकी थिइन् । त्यसपछि लामिछानेसँग सामाजिक सञ्जालमार्फत कुराकानी र फोटो आदानप्रदान गरेकी थिइन् ।

प्रहरीले लामिछानेवि’रुद्ध मुलुकी अप’राध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई क’रणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई कर’णी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई ज’बर्जस्ती कर’णी गरेको मानिने’ उल्लेख छ ।

संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जब’र्जस्ती कर’णी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कै’द सजाय हुने उल्लेख छ ।

लामिछाने सम्पर्कमा नआउँदा अनुसन्धान कसरी अघि बढाउने भन्नेमा प्रहरी अलमलमा परेको छ । जाहे’री दर्ताकै दिन उनलाई तुरुन्त नेपाल ल्याउन प्रहरी र क्यान दुवैले प्रयास गरेनन् । उल्टै अनुसन्धान प्रक्रियामा अपनाउनुपर्ने सामान्य गोप’नीयता पनि प्रहरीले कायम राख्न सकेन ।

नेपाल प्रहरीका एक उच्च अधिकारी क्यान र आ’रोपित व्यक्तिको ‘अति विश्वास’ मा पर्दा लामिछाने सम्पर्कविहीन बनेको बताउँछन् । यद्यपि उनी नेपाल आउन आफ्नो अनुकूल समय हेरेर बसेको हुन सक्ने ती अधिकारी बताउँछन् ।

लामिछाने सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत खोजबिन अघि बढाएको छ । विभिन्न राष्ट्रका प्रहरी संयन्त्रसँग पनि उनको खोजीबारे कुराकानी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।

लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत मुलुकको भिसा रहेको खुलेको छ ।