बालेनको कडा जवाफले बाबुराम भट्टराईको सातो गयो

काठमाडौँ । फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् ।

भट्टराईलाई फुटपाथ व्यवसायीको बारेमा किन पहिलै नसोचेको भन्दै उल्टै प्रश्न खडा गरेका छन् ।यसअघि भट्टराईले काठमाडौंका फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने मेयर साहसँग माग गरेका थिए। सामाजिक सञ्जालमा उनले व्यवस्थित नगरिए स्वरोजगार श्रमिकहरु फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुने उल्लेख गरेका थिए।

त्यसको जवाफ दिँदै मेयर साहले आफ्नो पालामा किन नसोचेको भन्दै उल्टै प्रश्न गरेका हुन्। उनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए ।

त्यस सम्बन्धी अनलाइनखबरको समाचार बाबुरामले सेयर गरेका छन् । त्यसकै मुनि बालेनले आफ्नो जवाफ लेखेका हुन् । बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।काठमाडौं महानगरले फुटपाथ व्यवसायलाई हटाएको छ। फुटपाथ व्यापारीले भने आफ्नो रोजीरोटी खोसिएको भन्दै आन्दोलन थालेका छन्।

यो पनि – सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको एउटा निर्णयले राजनीतिक बृतमा हलचल मच्चिएको छ । निर्वाचन आयोगले जरिवाना तोकेपछि जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिदै गम्भीर प्रश्न गरेपछि राजनीति बजारमा हलचल मच्चिएको हो ।

निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै नामसहित जरिबाना रकम तोकेपछि राईले सामाजिक सञ्जालमार्फत् जवाफ दिदै आफूले तिरेको जरीवाना खेर जान नहुनेमा सचेत गराएका छन् ।साम्पाङलाई आयोगले पाँच लाख ५० हजार जरिबाना तोकेको छ। राईले पाँच लाख ५० हजार जरिवाना तिर्न तयार रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा नपरोस् भनेका छन्।

‘५ लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्’, उनले लेखेका छन्, ‘ल ठिक छ राजश्व बढ्ने भो तर मैले तिर्ने जरिवाना रकम भुँडे भ्रष्टाचारीले नखाइदिओस !’निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने उल्लेख छ।