खुमलटारमा शिवराज श्रेष्ठ र निहारिका पुत्रको डीएनए परीक्षण !

निहारिका राजपुत पुत्र र शिवराज श्रेष्ठको डीएनए परीक्षण गरिएको छ। केही दिनअघि उच्च अदालत जनकपुरको आदेशअनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा दुवै जनाको डीएनए परीक्षण गरिएको हो।

यसको रिपोर्ट भने आउन बाँकी छ। लामो समयदेखि निहारिका राजपुतले आफ्नो छोरा शिवराज श्रेष्ठको भएको भन्दै डीएनए परीक्षण गर्नुपर्ने माग गर्दै आएकी छिन्।

यसै क्रममा उनी पछिल्लो समय काठमाडौंमा ध’र्ना बस्नेदेखि आत्मदा’हसम्मको प्रयास गरेकी थिइन्। निहारिकाले आ’रोपित गरेका शिवराज श्रेष्ठलाई प्रहरीले यही बीचमा साउन ३१ गते प’क्राउ समेत गरेको थियो। उनी २४ दिन प्रहरी हिरा’सत बसेर छुटिसकेका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषाले १ हजार ध’रौटीमा उनलाई छाडेको थियो। सोलगत्तै उनी डीएनएका लागि उच्च अदालत जनकपुरमा भदौ २३ मा उपस्थित भएका थिए।

तर अदालतले अब डीएनए परीक्षण प्रक्रिया उच्च सरकारी वकिल कार्यालयबाटै हुने भन्दै उतै पठाइदिएको थियो। सोहीअनुसार उनको डीएनए परीक्षण गरिएको हो।

यो पनि पढ्नुुहोस्ः किर्ते काम गर्न नमान्ने दुई कर्मचारीलाई वडा अध्यक्षले कोठामा थु’ने

कि’र्ते काम गर्न नमानेका दुई जना अमिनलाई बाराको जितपुर सिमरा उपमहानगरको वडा नम्बर तिनमा वडा अध्यक्षले कोठामा थु’नेको वि’रोधमा कर्मचारीहरुले कार’वाहीको माग गर्दै बिहिबार उपमहानगर ठप्प पारेका छन ।

वडा नम्बर तिनका वडा अध्यक्ष तारा बहादुर कार्कीले अमिनद्वय प्रदिप कुमार र अम्बिका प्रसाद कुशुबाहलाई बुधबार वडा अध्यक्षको आदेश नमानेको भन्दै कोठामा लगेर थु’ने पछि बुधबार साझ प्रहरीले उ’द्धार गरेको थियो । कर्मचारीहरुले का’रवाहीको माग गर्दै वडाको कामकाज समेत ठप्प पारेको हो ।

वडा अध्यक्ष कार्कीले अमिनद्वयलाई विवादित मु’द्दा परेको सरकारी जग्गा ज’बरज स्ती नाप्न लगाई मु’चुल्कामा सहि छाप गर्न भने पछि अमिनहरुले कानुन विपरीत हुने भन्दै नमाने पछि कोठामा लगेर थु’नेका थिए । ईलाका प्रहरी कार्यालय सिमराको टोलीले दुबैलाई बुधबार साँझ उ’द्धार गरेको थियो ।

अमिन प्रदीप कुमारले वडा अध्यक्ष कार्कीले अ’वैध काम गराउन खोजे पछि नमान्दा आफूहरुलाई बुधबार दुव्र्य’वहार गर्दै कोठामा लगेर थु’नेको र साँझ प्रहरीले उद्धार गरेको बताएका छन ।

कर्मचारी आन्दो’लित भए पछि सबै वडामा दिनभर सेवाग्राहीले सेवाबाट बन्चित बनेका थिए । पर्सा राष्टिय निकुन्जको मध्यवर्ती क्षेत्रमा रहेको उक्त वडाको अधिकांश सार्वजानिक जग्गा वि’वादित र कि’र्ते रहेको यस अघि सार्वजानिक भएको थियो ।