लाखौं -करोडौं मानिसबीच रहँदा पनि एक्लो महसुस हुन थालेको छ:प्रचण्ड

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ-करोडौँ मानिसबीच रहँदा पनि एक्लो महसुस हुन थालेको पीडा व्यक्त गरेका छन्।

माओवादी केन्द्रका सांसद सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को बुधबार लोकार्पण गर्दै उनले यस्तो भनेका हुन्।प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिका लागि काम गरेको अनुभूति भएको स्मरण पनि सुनाए। तर जनयुद्ध छाडेर यो अवस्थासम्म आइपुग्दा एक्लो महसुस भइरहेको उनले बताए।

प्रचण्डले जीवनको बोध हुन छाडेको बताउँदै आफूहरुले स्वार्थका लागि काम गरिरहेको जस्तो लागिरहेको पनि बताए। ‘अहिलेको अवस्था जे-जस्तो भए पनि समाजवादको यात्रा छाडेका छैनौँ’, उनले भने, ‘हामी कतै स्वार्थमा त अल्झिरहेका छैनौँ जस्तो लाग्न थालेको छ।’

उनले आधुनिक नेपाल निर्माणमा जनयुद्धको ठूलो महत्व रहेको पनि बताए। ‘नयाँ नेपाल निर्माणमा जनयुद्धको महत्वलाई कसैले भुल्न हुँदैन’, उनले भने, ‘युद्धमा सहभागीहरूलाई जति शान्तिको महत्व अरूलाई हुँदैन।’

यो पनि पढ्नुहोश:सरकारले गृहसचिव टेकनारायण पाण्डेसँगै नेपाल प्रहरीका एआईजी सहकुल थापाको पनि सरुवा गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल संयोजक अर्थात चुनावी कमान्डरका रुपमा रहेका थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो।

मंसिर ४ को चुनाव नजिकिएसँगै रातारात सरूवा बढुवालाई तीव्र पारेको सरकारले प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागका प्रमुख प्रहरी थापालाई गरिएको सरुवा अर्थपूर्ण मानिएको छ। मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसअघि नै उनी नेतृत्वको केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो।

तर सेलले काम थालिनसक्दै प्रमुख थापाको सरुवा भएको हो। थापाको सरुवासँगै कार्यविभागमै कार्यरत डीआईजी वसन्त कुँवरले चुनावी कमाण्ड सम्हाल्ने भएका छन्।
यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्दराज आचार्यले भदौ २३ देखि अवकाश पाएपछि निर्देशक पद रिक्त थियो।

उनलाई शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नै पहिलो नम्बरमा राख्दै डीआईजीमा बढुवा गरेको थियो।
प्रधानमन्त्री देउवाले समेत विशेष चासो लिएर गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा गृहसचिव र नेपाल प्रहरीका निर्वाचन सेल प्रमुख फेरिएको हो।