सन्नी लियोनी भन्छिन मेरो विगत देखेर मेरा सन्तानले लाज मान्ने हुन् की भन्ने सँधै डर छ

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी यो फिल्मी संसारमा आउनुअघि पोर्न स्टार थिइन् । वर्षौंअघि सन्नी लियोनीले यो पेशा छोडेकी थिइन् । तर अभिनेत्रीलाई आफ्नो विगतको डर छ, जसको बारेमा सन्नी लियोनीले खुलेर कुरा गरेकी छिन् ।

के भनिन् सन्नी लियोनी ? सन्नी लियोनलाई डर छ कि उनको पेशाको बारेमा थाहा पाएर उनका छोराछोरीले उनको न्याय गर्दैनन् की ? सन्नीलाई लाग्छ कि उनका छोराछोरीले उनको विगत मन नपराउने हुन् की । इ–टाइम्ससँगको कुराकानीमा सन्नी लियोनीले यसबारे खुलेर कुरा गरेकी छिन् । उनी भन्छिन्– मेरा छोराछोरी हुर्किएपछि मन नपर्ने कुराहरू छन् । हामी सबैलाई थाहा छ त्यो के हो।

उनीहरु पूर्ण रुपमा बुझ्ने भएपछि तिनीहरूले मेरो विगत हेर्नेछन् । मलाई देख्दा उनीहरुलाई लाज हुने हो की भन्ने डर मलाई सधैँ हुन थालेको छ । तर म विश्वस्त छुकी मैले मेरो छनोट गरें र उनीहरूलाई थाहा हुनुपर्छ कि उनीहरूले पनि आफ्नो छनौट गर्न सक्छन्। जबसम्म कसैको इच्छाले कसैलाई हानि वा चोट पुर्याउदैन।

मेरो बच्चा जस्तै फायर फाइटर बन्न चाहन्छ भने म दिन्छु । सन्नी लियोनी तीन सन्तानकी आमा हुन् । उनले छोरी निशालाई धर्मपुत्री लिएकी छन् । उनीहरुका दुई छोरा छन् जो सेरोगेसीको सहयोगमा जन्मिएका हुन् ।

सन्नीले बलिउडमा आफ्नो स्थान बनाएकी छिन् सन्नी आफ्ना तीन सन्तानलाई असाध्यै माया गर्छिन् । सन्नीको बच्चाहरुसँगको तस्वीर भाइरल भैरहेको हुन्छ । उनी मातृत्वको आनन्द लिइरहेकी छिन् । सन्नी लियोनीको वर्कफ्रन्टको कुरा गर्दा उनले बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो प्रभुत्व कायम राखेकी छिन् । सन्नीले चलचित्रमा राम्रो काम गरिरहेकी छिन् । उनका धेरै फिल्म पाइपलाइनमा छन् । उनको अर्को फिल्म ओ माई घोस्ट हो ।