अन्तर्वार्ता लिँदालिँदै विषयविज्ञ नै बेहोस भई ढले, परीक्षा स्थगित

धनगढी : कैलालीमा एक पालिकामा कर्मचारी भर्नाका लागि अन्तर्वार्ता लिने क्रममा विषयविज्ञ बेहोस भएर ढलेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिकामा अमिन पदमा कर्मचारी भर्नाका लागि अन्तर्वार्ता लिइरहेका विषयविज्ञ कर्मचारी बेहोस भएका हुन्।

बर्दगोरिया गाउँपालिकाका सूचना अधिकारी झुपीराज ओझाका अनुसार आज सोमबार नापी कार्यालय कैलाली, धनगढीका कर्मचारी रणसिंह रावल अन्तर्वार्ता लिँदालिदै बेहोस भएका हुन्। उनी सर्ट लिस्टमा परेका आवेदकहरुलाई अन्तर्वार्ता लिने क्रममा बान्ता भएर बेहोस भई ढलेको थिए।

‘कर्मचारी भर्ना गर्न अन्तर्वार्ता लिइरहनुभएको थियो। उहाँलाई एक्कासी चक्कर आयो, अनि बान्ता भएपछि बेहोस हुनुभयो’ उनले भने। अन्तर्वार्ताकै क्रममा उनी बिरामी भएको पालिकाले जनाएको छ। अहिले उनको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको बताइएको छ। रावलको अवस्था अहिले सामान्य छ।

अमिन पदका लागि भइरहेको अन्तर्वार्तामा २२ जना प्रशिक्षार्थी सहभागी थिए। जसमध्ये ९ जनाको अन्तर्वार्ता सकेर १० औं जनाको अन्तर्वार्ता लिइरहेका बेला रावल ढलेका थिए। रावल अस्वस्थ भएपछि अहिले अन्तर्वार्ता भने रोकिएको छ। गाउँपालिकाले ४ जना अमिन भर्ना गर्न लागेको थियो।

यो पनि -राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन्। सोमवार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उनले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताएकी हुन्।

नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको बताइन्। उनले नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पु¥याएर प्रमाणित गर्नु आजको आवश्यक्ता रहेको बताइन्।

‘नेपाली भूमी ज्ञान भूमि हो । यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरू गर्न बाँकी छ । यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई उद्घाटन गर्नुपर्छ ।

नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्ने छ’ उनले भने, ‘नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पु¥याएर प्रमाणित गर्नुपर्छ । साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको साधकहरूलाई सम्मान गर्न पाउँदा आज गौरवभुत भइरहेको छ ।

कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्छ भने नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्नेछ।’उनले कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्ने र नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।