सुुटुुक्क कहाँबाट नेपाल छिर्दैछन् सन्दीप लामिछाने ? बाहिरियो यस्तो गोप्य सूचना !

क्रिकेटर सन्दीप लामिछाने नेपाल आउने तयारीमा छन् । उनले सामाजिक सञ्जालमार्फत केही दिनमै नेपाल आउने बताएका छन् । आफू घटनामा नि’र्दोष रहेको बताएपनि लामिछानेले घटनाको वास्तविकताबारे मुख खोलेका छैनन् ।

उनलाई अध्यागमन विभागले का’लो सूचीमा राखेको छ। १७ वर्षीया नाबा’लिगमाथि ब’लात्का र गरेको आ’रोप लागेका उनलाई प्रहरीले का’लो सू’चीमा राखेको हो ।

नेपाल आउनासाथ उनलाई प’क्राउ गर्ने गरी का’लो सू’चीमा राखेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अ’लर्ट’ गरिएको छ।

काठमाडौं जिल्ला अ’दालतले उनलाई प’क्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पु’र्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निल’म्बन पनि गरिसकेको छ। लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर प’क्राउ गर्न पत्राचार गरेको छ।

भदौ ६ गते उनी केन्यामा हुने टी-२० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए।

क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि खेल्न पाएनन्। गत शुक्रबार उनले फेसबुकमार्फत आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए। उनले आफूमाथि लागेको आरो’पको सामना गर्ने र नि’र्दोष भएको बताएका थिए।

लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन। उनी नेपाल नफर्किए इन्टरपो’लको सहयोगमा उनलाई प’क्राउ गरिने पनि प्रहरीको भनाइ छ।

नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट निलम्बन गरेसँगै उनले वेस्ट इन्डिजको क्रिकेट लिग गु’माएका छन् । सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सो टिमले बिहीबार सन्दीपले तत्काल लागू हुने गरी प्रतियोगिता छोडेको जनाएको छ ।

स्रोतका अनुसार सन्दीप एक–दुई दिनभित्रै नेपाल फर्किँदैछन् । प’क्राउ पू’र्जी जारी गरिएसँगै नेपाल प्रहरीले उनीसँग संवाद गरिरहेको स्रोतको भनाइ छ ।

सन्दीप नेपाली टिमको नेतृत्व गर्दै केन्या गएका थिए । त्यहाँ पाँच म्याचको टी–२० श्रृंखला खेलिसकेर उनी सीपीएलका लागि वेस्ट इन्डिज गएका हुन् । यद्यपि, जमैका तलावाजले तीन म्याच खेलिसक्दा सन्दीपले प्लेइङ ११ मा स्थान पाएका छैनन् ।