उत्तर कोरियाद्वारा आफूले आफैंलाई परमाणु हतियार सम्पन्न राष्ट्र घोषणा

काठमाडौं। उत्तर कोरियाले आफू परमाणु हतियार सम्पन्न राष्ट्र भएको बताएको छ।

आफूले आफैंलाई परमाणु हतियार सम्पन्न राष्ट्र घोषणा गर्दै त्यहाँको सरकारले नयाँ कानुन पारित गरेको समाचार संस्था केसीएनएले जनाएको छ।

कानुनमा उत्तर कोरियाले आफ्नो रक्षाको लागि परमाणु हतियार प्रयोग गर्नसक्ने उल्लेख छ।

यो घोषणासँगै सर्वोच्च नेता किम जोङ उनले अब उत्तर कोरियाको फैसलालाई कसैले परिवर्तन गर्न नसक्ने पनि बताए।

संयुक्त राष्ट्रसंघ, अमेरिका लगायतका राष्ट्रहरुले उत्तर कोरियालाई परमाणु हतियार विकास र परीक्षणमा प्रतिबन्ध लगाएको छ। यद्यपी सन् २००६ देखि २०१७ को अवधिमा उत्तर कोरियाले ६ पटक परमाणु हतियार परीक्षण गरेको छ।

राष्ट्रसंघको चेतावनी बाबजुद पनि उत्तर कोेरियाले परमाणु हतियार विकासको कामलाई रोकेको छैन। उत्तर कोरियाका सर्वोच्च नेताले आफूसँग परमाणु हतियार भएकाले मात्र कुनै देशले केही गर्न नसकेको बताउने गरेका छन्। बीबीसीको सहयोगमा