जेभियर कलेजले हटाउन थाल्यो सन्दिप लामिछानेका तस्विर अंकित बोर्डहरू !

काठमाडौंको मैतीदेवी कालोपुलमा अवस्थित जेभियर इन्टरनेसनल कलेजले सन्दीप लामिछानेका प्रचार बोर्डहरू हटाउन थालेको छ ।

लामिछानेविरुद्ध एक नाबालिकाले पटक पटक जबरजस्ती करणी गरेको जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको छ ।

नेपाल क्रिक्रेट संघले उनलाई निलम्बन गरिसकेको छ । लामिछाने भने अहिले विदेशमा छन् । सम्भवत भोलीसम्ममा लामिछाने नेपाल आइपुग्ने श्रोतको दाबी छ ।

लामिछाने ब्राण्ड एम्बेसडर रहेको जेभियर इन्टरनेसनल कलेजले लामिछानेका तस्विरअंकित होडिङ बोर्डहरू कलेज प्राङ्गणबाट हटाउन थालेको तस्विर सामाजिक सञ्जालमार्फत बाहिरिएका छन् ।

हुनत लामिछानेलाई आरोप मात्र लागेको हो । अदालतबाट अन्तिम फैसला नआएपछि उनी अभियुक्त हैनन् तर जाहेरीसँगै उनको व्यवसायीक जिवन नै धरापमा परेको छ ।