विनोद चौधरीलाई आफ्नै फ्याक्ट्रीमा छिर्न सेक्युरिटी गार्डले गेट नखोलेपछि…

काठमाडौं ।

स्थान – नवलपरासमा रहेको चौधरी ग्रुपको कारखानाको गेट
समय – रातको २ बजे
मिति – केही वर्ष अघि हुनुपर्छ ।

गेट बाहिर बिनोद चौधरी र भित्र सेक्यु रिटी गार्डबीचको संवाद चलि’रहेको छ । बिनोद चौधरी : भाइ, गेट खोल त, म बाहिर आइपुगेको छु ।
सेक्युरिटी : यति राती तपाईं त के बि’नोद चौधरी नै आए पनि गेट खोल्दिन मैले ।

बिनोद चौधरी : म बिनोद चौधरी नै हो के भाइ । गेट खोल न खुरु’क्क । सेक्यु’रिटी : मलाई दिउँसो खबर कसैले गरेको छैन । यति राती बिनोद चौधरी नै भए पनि तपाईं’लाई मैल भित्र आउन दिन्नँ ।

सेक्युरिटी’सँग केही सीप नलागेपछि उद्योगपति बि’नोद चौधरी त्यस रात होटलमा गएर सुते । केही दिनपछि काठ’माडौंको चौधरी ग्रुप केन्द्रीय कार्यालयमा त्यो गार्डलाई उपस्थित गराइयो ।

बिनोद चौधरी : तिमीले त्यस दिन मलाई किन गेट नखोलेको ? म आफैं बिनोद चौधरी हो भने’पछि खोल्नु पर्दैन ? पत्यार लागेन तिमीलाई म आएको थिएँ भनेर ?

सेक्युरिटी : हैन, मलाई तपाईं नै हो भन्ने थाहा भएर पनि नखोलेकै हो । कम्पनी तपाईं’को भए पनि ड्युटी मेरो थियो त्यस रात । राती आउने व्यक्ति’लाई छिर्न नदिनु मेरो कर्तव्य थियो । मैले खो’लिन गेट । यसमा मलाई अलि’कति पनि पछुतो छैन ।

यो संवाद’पछि बिनोद चौधरी ती सेक्यु रिटी गार्डसँग अत्यन्त प्रभा’वित भएर उसलाई मनग्गे तलब दिएर काठमाडौंमा आफू बस्ने घरमा सेक्युरिटी राखे रे । अहिले पनि ती सेक्युरिटी गार्ड चौधरीकै घरमा छन् र चौधरीका विश्वास’पात्र मान्निछन् ।

झन्डै ६ महिना अघि एक मित्रले मलाई नवल’परासीमै यो कथा सुनाउनु’भएको थियो । कथामा कति सत्यता छ, म जान्दिनँ । तर मलाई यो कथा घ’त लागेको रहेछ । ६, ७ महिनादेखि बिर्सेको रहेछु । अहिले शेरजङ्घ गुरूङको घ’टना बाहिर आएप’छि यो कथा फ्याट्ट दिमा’गमा आएर बस्योे ।

शेरजङ्घ गुरूङजी , तपाईंले त देख्नुभएन तर अहिले मेरो कम्प्युटर स्क्रीनमा तपाईंको तस्वीर हेरेर तपाईं’लाई सेल्युट गरेँ मैले !! अब सडकमा दादा’गिरी देखाएर हिँड्ने, रातो बत्ती’लाई मतलब नगर्ने केही थान मन्त्रीका गाडी’लाई रोकेर यसैगरी का’रबाही गर्न सक्ने केही प्रहरी र ट्राफिकको समाचार पढ्न रहर छ !!! – अच्युत घिमिरे’को फेसबुक वाल बाट

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक हुबहु पारित
राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ ।राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो । राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो ।

अब यो विधेयक फेरि प्रतिनिधिसभामा जान्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेको संदेश प्रतिनिधिसभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ ।यसअघि पहिलो पटक प्राप्त नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी पुनर्बिचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

२४ असार २०७९ मा दर्ता भएको यो विधेयक प्रतिनिधिसभाबाट साउन ६ र राष्ट्रियसभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । तर, विधेयक प्रमाणीकरण नगरी २९ साउनमा राष्ट्रपति भण्डारीले संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि भन्दै सातवटा बुँदा र ध्यानाकर्षणका लागि आठ वटा बुँदामा सन्देशसहित विधेयक फिर्ता गरिदिइन ।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक पुनः संघीय संसदको दुबै सदनबाट पारित भएको छ । पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई नरहेको सरोकारवालाहरु रहेको भनाई रहेको छ ।

संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार दुबै सदनले फिर्ता भएको विधेयक प्रस्तुत रूपमा (जस्ताकोे तस्तै) वा संशोधन सहित पारित हुन सक्छ ।

‘राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ’ संविधानको धारा ११३ उपधारा (४) मा उल्लेख छ ।