यी हुन् ! लामिछानेसँग होटेलमा छिरेकी कक्षा १२ मा अध्ययनरत नुवाकोटकी १७ वर्षीया क’न्या

काठमाडौं । नाबालिग बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ । बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती बलात्कार गरेको भनिएको छ ।

प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसिक्यामेरा फुटेजको जाँच गरेको प्रहरी स्रोतले बतायो । उक्त दिन लामिछाने र पीडित बालिका होटलभित्र छिरेको फुतेजमा देखिएको प्रहरीले बताएको छ ।

पीडित बालिकालाई त्यहाँ लगेर लामिछानेले पटक पटक बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीले उक्त फुटेजको अनुसन्धान समेत थालेको छ।

पीडितसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले बलात्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।

सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ। नगरकोटको होटलमा पनि बलात्कार भएको पाईएपछि त्यहाँको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको प्रहरी स्रोतले बताएको छ।