झापा- ५ मा ओली र रञ्जित तामाङबीच भिडन्त, ओली हार्ने सम्भावना ! {ल हेर्नुस हिसावकितावसहित}

झापा ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र झापा- ५ ले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको सो क्षेत्रबाट माओबादी केन्द्रले चार जनाको नाम सिफारिस गरेको छ।

प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा- को बैठकले आगामी निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार-चार जना उम्मेदवारहरु सिफारिस गरेको हो ।

प्रत्यक्ष तर्फ झापा- ५ मा रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिसमा परेका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् ।

एक नेताका अनुसार प्रतिनिधि सभामा समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको छ । प्रदेश सभामा क्षेत्र नम्बर ५ (क) का लागि प्रत्यक्ष तर्फ रञ्जित तामाङ, सिताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिक तर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ५ (ख) का लागि प्रत्यक्ष तर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरिएको छ ।

स्रोतका अनुसार रञ्जित तामाङले टिकट पाउने सम्भावना रहेको छ। माओबादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासको पात्र मानिने तामाङले प्रतिनिधिसभा सदस्यको टिकट पाउने सभावना बढी रहेको एक नेताले बताए ।

निवर्तमान अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष समेत रहेका तामाङले केहि समय अगाडी नै एक सार्वजनिक कार्यक्रममा आफू एमाले अध्यक्ष ओलीसंग निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।

माओअदि केन्द्रले तामाङलाई टिकट दिएको खण्डमा ओली र तामाङबीच भिडन्त हुनेछ । सत्ता गठवन्धन नेपाली कांग्रेस, माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टी एक भएर निर्वाचन लड्ने समहती भइसकेको छ।

त्यसले गर्दा एमालेलाई यो निर्वाचन फलामको चिउरा हुने निश्चित छ। सत्ता गठवन्धनले एमाले अध्यक्ष ओली नै खतरामा छन्। ४ पार्टी एक भएर निर्वाचन लड्दा पार्टी अध्यक्षदेखि अन्य नेताहरु नै खरातामा छन्।

२०७४ सालको निर्वाचनमा ओली सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए । तर त्यस समयमा ओली बाम गठबन्धनको साथ थियो। यो पटक भने ओली अर्थात् एमाले एक्लै निर्वाचनमा होमिएका छन्।

यो पनि पढ्नुहोस: महाकाली सम्झौतामा गल्ती भएको संसदमै स्वीकारेका थिए प्रदीप गिरिले (भिडिओ)
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको शनिबार बेलुकी निधन भएको थियो। आइतबार मेडिसिटी अस्पताल परिसर, कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो।

गिरि गत वर्ष साउनदेखि बिरामी थिए। उनको घाँटीमा क्यान्सर देखिएको थियो। भारतको मुम्बईका अस्पतालमा उनको उपचार गरिएको थियो। सांसद गिरिले गत वर्ष साउन १५ गते संसदमा दिएका भाषण नै उनको जीवनमा अन्तिम भाषण रह्यो।

उनले त्यसबेला आफ्ना सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा बधाई दिन बोलेका थिए। सर्वोच्च अदालतको परमादेशपछि गत वर्ष असार २९ मा देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। गिरि २०५१, २०६४, २०७० र २०७४ गरी चार पटक सांसद भए। उनले पछिल्लो पटक सांसद हुँदा संसदमा सक्रिय भूमिका खेलेका थिए।

कांग्रेस महामन्त्री एवं सांसद गगन थापाका अनुसार गिरिले महत्वपूर्ण विषयहरूमा संसदमा उभिएर आफ्ना धारणा राख्थे। ‘उहाँले पछिल्लो समय संसदमा धेरै बैठकमा भाग लिई महत्वपूर्ण अभिव्यक्तिहरू दिनुभएको थियो,’ थापाले भने, ‘पहिले सांसद हुँदा संसदमा यसरी धेरै बोल्नुहुन्नथ्यो, यसपालि पहिलेभन्दा सक्रिय रहनुभएको थियो।’

संसदमा महत्वपूर्ण विषयमाथि बहस हुँदा आफूलाई खबर गर्न गिरिले आग्रह गर्ने गरेको थापा सम्झन्छन्। संसदमा बोल्दा तत्कालीन नेकपा सरकारप्रति गिरिले आलोचना गर्दै बहुमत र दुई तिहाइको घमन्ड नगर्न आग्रह गरेका थिए। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले महाकाली सन्धीका पक्षमा बोलेर गल्ती पनि गरेको अभिव्यक्ति दिएका थिए।

उनले नेपालका भू-भाग नेपालको हो भनेर प्रश्न वा दाबी गर्नु भनेको त्यरी आमा त्यरो हो? भनेर प्रश्न गर्नुजस्तै रहेको टिप्पणी गरेका थिए। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी भू-भाग नेपालले ल्याउन गृहकार्य गर्नुपर्ने पनि बताएका थिए।

‘विना गृहकार्य हामी भू-भाग फिर्ता ल्याउन सक्दैनौं,’ गिरिले भनेका थिए, ‘आफ्ना कालमा गरेका गल्ती तत्कालीन प्रधानमन्त्री ओलीले सच्याउनुस्।’ उनले देउवा प्रधानमन्त्री भएपछि पनि संसदमा बोल्दै आफूले ५५ वर्षदेखि चिन्दै आएको व्यक्ति देउवा प्रधानमन्त्री भएकोमा बधाई दिएका थिए।

उनले सत्ता गठबन्धनको त्यसबेला आलोचना गरेनन्। ‘गठबन्धनले लक्ष्य पूरा गरोस्,’ उनले भने, ‘शेरबहादुरजीले गिरिजाबाबुबाट शिक्षा लिएर संविधानको मर्म नबुझेका पूर्वप्रधानमन्त्री र राष्ट्रपतिलाई कसरी सबैभन्दा बढी संविधानवादको शिक्षा दिने त्यो ठूलो लक्ष्य हो।’ उनले देउवालाई जनताले जिन्दावाद भन्ने मन्त्रिमन्डल बनाएर काम गर्न पनि आग्रह गरेका थिए।अब, हेर्नुहोस समाचारको यो भिडियो