मेयर बालेनले आत्माको कुरा नबुझेको भन्दै आलोचना

काठमाडौं महानगरको मेयरमा बालेन शाहको आगमनको १०० दिनमै परिवर्तनको झल्को देखिएको छ । केहीले उनको उक्त कदमको समर्थनमा चर्को ना’राबाजी गर्ने गरेका छन् ।

बालेनकै निर्देशनमा महानगरभित्रका अवै’ध संरचनाहरु भ’त्काउने अभियान जारी छ। तर पछिल्लो समय उनको कार्यशैलीप्रति असन्तुष्टिको आवाज पनि सुनिन थालेको छ। मेयर शाहले चुनावका बेला गरेका वाचाहरु पुरा नगरेको सर्वसाधारणको गुनासो रहेको छ।

संर’चना भत्काउनमा अग्रसर देखिएका मेयरले बनाउनमा चाँहि कत्तिको जोड दिन्छन् त्यो हेर्न बाँकी रहेको बताइरहेका छन्। काठमाडौंमा व्यवसाय सञ्चालन गरेर बसेका संखुवासभाका हेमचन्द्र निरौला पनि मेयर शाहको कार्यशैलीप्रति असन्तुष्ट छन्।

चुट्कीको भरमा फोहोर व्यवस्थापन गर्छु भनेका मेयर फोहोर व्यवस्थापनमा चुकेको र सडकमा थु’प्रेका फोहोरको डङ्गुरले गर्दा ना’क थुनेर हिड्नुपर्ने अवस्था आएको प्रति उनको गुनासो रहेको छ।

नेतृत्वमा पुगेपछि काम गर्न दिएनन् र काम गर्ने वातावरण बन्न सकेन भन्ने उहिलेदेखिको चलन भएको र बालेन पनि त्यसैको नमुना भएको उनको आ’रोप छ।

तर जो आएपनि सुरूमा काम गर्न खोजे जस्तो गर्ने र अरुले गर्न नदिएजस्तो गरेर आफू पन्छिने प्रवृ’त्ति रहेकाले बालेनलाई मात्रै दोष दिन नहुने उनी बताउँछन्।

घर भ’त्काएर मात्र सफल भन्न नमिल्ने र बनाउन पनि जान्नुपर्ने भएकाले गफ र र्या’पले मात्र देश नचल्ने उनी बताउँछन्।

सत्यता आत्मामा हुने र मेयर बालेनले आत्माको कुरा नबुझेकोमा उनको दुःखेसो छ। अहिले गोरखापत्र पाउनै मुश्किल पर्ने भएकाले गोरखापत्रमा सूचना निकालेको भनेर महानगर पन्छिन खोजेको उनले बताए।

‘महानगरले हत्तारि’एर निर्णय गरेको छ, केही समय राम्ररी बुझेर काम गरेको भए अझै प्रभावकारी हुन्थ्यो’ उनले भने, ‘काम राम्रै भएपनि भ’त्काएर मात्र समस्या समाधान हुँदैन।’