राजेन्द्र लिङ्देनको राजीनापछि संसदको बोझ हटेको भन्दै गजेन्द्र महत खुसी !

राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई नेकपा (माओवादी केन्द्र) का सांसदले संसदको बोझको संज्ञा दिएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद गजेन्द्र महतले लिङ्देनलाई यसरी व्यंग्य गरेका हुन् ।

वैठकमा माओवादी सांसद गजेन्द्र महतले संसदमा आक्कलझुक्कल आउने, आउँदा पनि राजा महाराजा आएको झल्को देखाउने र सदनको भूमिकामा चासो नै नराख्ने लिङ्देनले पहिले नै राजीनामा दिनुपथ्र्यो भन्दै उनको राजीनामाले हल्का भएको महसुस गरेको बताए।

‘आफूलाई अब्बल, राष्ट्र’वादी र इमान्दार ठान्ने, संसदमा आक्कलझुक्कल आउने, आउँदा पनि राजा महाराजा आएको झल्को देखाउने, सदनको भूमिकामा चासो नै नराख्ने, पहिले नै राजीनामा दिनुपर्ने मान्छे,

साँचो अर्थमा भन्दा सदनका लागि बो’झजस्ता देखिने माननीयज्यूले राजीनामा दिएर हल्का महशुस गराइदिएकोमा उहाँलाई धन्यवाद’ उनले भने, ‘पुनः सांसद भएर आइहालेमा उहाँको भूमिका के हुने त्यो हेर्न बाँकी नै छ। उहाँलाई केही भनेर बिदाइ गर्ने मन थियो। त्यो अवसर पाइएन।’

राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देनले आइतबार प्रतिनिधि सभा बैठकमा अबदेखि उपस्थित नहुने र तलब भत्ता पनि नलिने घोषणा गरेका थिए।

प्रतिनिधि सभाको कार्यकालयको गणना प्रतिनिधि सभाको पहिलो बैठक बसेको दिनबाट गर्ने गरि सरकारले ल्याएको विधेयकको लिङ्देन वि’रोधमा थिए।

उनले निर्वाचनपछि पनि प्रतिनिधि सभा राख्दा तलब भत्ता खानमात्र सांसद बनेको जस्तो देखिने भन्दै प्रतिनिधि सभा छाडेका थिए।

उनले फेसबुकमा लेखेका थिए– ‘निर्वाचन घोषणा भईसकेपछि पनि संसदको आयु लम्ब्याउँदै तलब भत्ता खाँदै बस्नु अनुचित मात्र होईन अ’नैतिक हो भन्ने निष्कर्षमा पुगेर आजबाट सांसद पदबाट राजिनामा दिएकोछु।
आगे जनता जनार्दनको जिम्मामा छाडेको छु।’