भ्रष्टहरुको पतन हुने दिन छिट्टै आउँदैछः हेमराज थापा

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र-५ बाट प्रतिनिधि सभाका सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हेमराज थापाले अब भ्रष्टहरुको पतन हुने दिन छिट्टै आउँदै गरेको बताएका छन् ।

आफु कुनै चर्चित राजनीतिज्ञ वा दलको नेता नभएको र आफ्नो चाहना कुनै मन्त्री वा प्रधानमन्त्री बन्ने नरहेको बरु सम्भव भए जति सबैलाई सहयोग गर्ने चाहना रहेको बताएका छन् ।

अहिले सम्म हामीले गलत मान्छेहरुलाई चुनेको र गलत मान्छेहरु हाम्रा नेता रहेकोले गर्दा अब आफुहरुले भोगेका दुःखको अन्त्य गर्न आफुहरु जागेको बताएका छन् ।

वर्षैंदेखि जनतालाई रुवाएर सत्ता र शक्तिमा बसेका तानाशाहहरुको पतन हुने र उनीहरुले झुटो बोलेर निर्वाचनको ढोङ रचेर जनताबाथ लिएको शक्ति जनतामा नै फर्कने उनले दाबी गरेका छन् ।

हामी जनताले नै मतदान गरेर जिताएपछि तिनै जनतालाई घृणा र दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदबिक्रि गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने राक्षसी दिमाग भएका भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने उनले बताएका छन् ।

स्थानीयसँग अभियान्ता थापाले भने ‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ, अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौँ। बुढा बिरामी नेतालाई राष्ट्रको सम्पती दोहन’ गर्नबाट बञ्चित गराउनै पर्छ।’