राप्रपा नेपालले ५ हजार कार्यकर्तासँग १०-१० हजार चन्दा माग्ने

राप्रपा नेपालले कार्यकर्ताबाट १०-१० हजार रूपैयाँ चन्दा माग्ने भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आर्थिक पक्ष बलियो बनाउन राप्रपा नेपालले ५ हजार कार्यकर्ताबाट १०-१० हजारका दरले चन्दा संकलन गर्ने भएको छ।

शुक्रबार राजधानीमा बसेको स्रोत परिचालन समितिको बैठकले अर्थ संकलनको निम्ति १००००×५००० अभियान कार्यान्वयन गर्ने निर्णय गरेको समितिका प्रमुख दमन बस्नेतले जानकारी दिए।

‘यो अभियान अन्तर्गत पाँच हजार सहयोगीबाट दश/दश हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ’, पार्टीका सहमहामन्त्रीसमेत रहेका बस्नेतले भने।

यस्तै पार्टीले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सक्दो सहयोग गर्न कार्यकर्ता, सहयोगी, शुभचिन्तक र आमजनतामा आह्वान गरेको छ।

राप्रपा नेपालले सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उमेदवार उठाउनले भएको छ।