तिज भन्दा अगाडीनै डगी डान्स स्टेप भाईरल भएपछि आलोचित बनेकी एलिजा संस्कारी बनिन्!

काठमाण्डौ । केही दिनअघि तिजको दर पार्टीमा एउटा डान्स स्टेपका कारण विवा द र चर्चामा आएकी अभिनेत्री एलिजा गौतम मंगलबार अर्को कारणले फेरि चर्चामा आएकी छिन् ।

हरितालिका तिजको दिन उनले पति ऋषि धमलाको गोडाको जल खाएको तस्बिर फेसबुकमा राखेकी छिन् । हिन्दी गीतमा ‘अ श्लील’ नृत्य देखाएको आ रोप खेपेकी धमला पत्नी एलिजाले तिजको दिन पतिको गोडको जल खानुलाई।

अधिकांशले ‘हिन्दू संस्कार देखाएको’ भनेर प्रशंसा गरेका छन् । केहीले २१औँ शताब्दीमा पनि रु ढीवा दी सं स्कार अगालेको भनेर केहीले आलोचना पनि गरेका छन् ।

त्यसो त एलिजाले ऋषिको गोडाको पानी खाएको यो तस्बिर यही वर्षको भने होइन । उनले ०७६ सालको तिजमा पति ऋषिको गोडाको जल खाँदै गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यसबेला पनि उनको धेरै टीका–टिप्पणी भएको थियो ।

साउनले सोही तस्बिर तिजको दिनको अवसर पारेर पुनः पोस्ट गरेकी हुन् । डान्स स्टेपका कारण आलोचना खेपेकी गौतमले पुरानो तस्बिर सेयर गर्नुलाई कतिपयले संस्कारी देखिन गरिएको स्टन्टका रुपमा लिएका छन् ।