के ‘प्रेमगीत ३’ भारतमा पनि रिलिज हुने भएपछि नायक प्रदीप खड्काको भाउ बढेको हो ?

के ‘प्रेमगीत ३’ भारतमा पनि रिलिज हुने भएपछि नायक प्रदीप खड्काको भाउ बढेको हो ? प्रदिपले किन सिनियर कलाकारहरुलाई सम्मान गर्न जानेनन् ?

काठमाडौँ ।

के ‘प्रेमगीत ३’ भारतमा पनि रिलिज हुने भएपछि नायक प्रदीप खड्का फेरिएका हुन् ?

हालै प्रदिपले हल मालिकसँगै पत्रकारहरुमाथि पनि आक्रोश देखाए । प्रदिपका फिल्मलाई सबैभन्दा बढी साथ नै मिडियाकर्मीले दिए पनि प्रदिपले त्यो गुन बिर्सेर अहिले आएर पत्रकारमाथि नै खनिए ।

दिउसो गाली गरेका प्रदीपले केही पत्रकारलाई पछि फोन गर्दै व्यक्तिगत रुपमा नलिन भन्दै आग्रह समेत गरेपछि पत्रकारहरु अचम्मा परेका छन् । प्रदिपले अलवालाले आफ्नो फिल्मलाई धेरै शो नदिएपछि देखाएको आक्रोमा आफ्ना दलागि हिम्मत देखाइरहँदा प्रदीपले नेपाली फिल्म क्षेत्रमाथि देखाएको व्यवहारले भने धेरैलाई अचम्मित र दुःखीत बनाएको छ ।

प्रदीपको जस्तो तरंगित नै बनाउने गरि आक्रोश देखिएको थिएन । यसैले, प्रदीपले यसपटक गरेको यो हिम्मतलाई सुखद मान्नुपर्छ । अरु त अरु प्रदिपले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई समेत अनावश्यक रुपमा यसपटक विवादमा तान्ने प्रयास गरे ।

त्यस्तै दीपकराज गिरी, झरना थापा जस्ता सिनियर कलाकारलाई पनि विवादमा तान्ने प्रयास गरेर प्रदिपले नमिठो काम गरे । अरु त अरु फिल्मकर्मीहरु र हलवालो आफ्नो फिल्मलाई साथ नदिएको भने मुख फोरेका प्रदिपले आफै ‘राधा’को प्रिमियरमा उपस्थित हुन आवश्यक ठानेनन् ।

तर राधाका कलाकारहरु सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, खगेन्द्र लामिछाने र ‘राधा’का निर्देशक सुवर्ण थापा उनी अभिनित फिल्म ‘प्रकाश’को प्रिमियरमा उपस्थित भएर मज्जैले सोभा बढाउको प्रदिपले देखे की देखेनन् ?