बालेनको नायक शैलीले हच्कियो अदालत, दुई वर्षमा गर्न नसकेको काम १ दिनमै गरिदियो तमाम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भारतीय अभिनेता अनिल कपुरको चलचित्र नायकको शैलीमा उत्रिएपछि अदालत समेत हच्किएको छ ।

बालेनको कदमपछि जिल्ला अदालत काठमाडौंले २ बर्षदेखि हुन नसकेको काम १ दिनमै गरिदिएको हो । मेयर बालेन शाहले एक्सन लिनु भन्दा पहिले जिल्ला अदालत काठमाडौंले अवैध संरचना खाली गरेको छ ।

दुई वर्षदेखि फुटपाथमा राखिएका सवारी साधन हटाइएको हो । काठमाडौं जिल्ला अदालतले दुई वर्षदेखि फुटपाथमा राखेका सवारी साधन अन्ततः हटाएको हो । अदालत प्रशासनले सोमबार राति ती सवारी साधन हटाएको थियो । काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले यसको पुष्टि गरे ।

अदालतले फुटपाथमा सवारीसाधन राखेर नियम मिचेको समाचार प्रकाशित गरिएको थियो । वडाध्यक्ष तण्डुकारका अनुसार उनले अदालत प्रशासनलाई पहिल्यैदेखि नै हटाउन अनुरोध गर्दै आएका थिए ।

समाचार बाहिर आएपछि अदालतका एक जना न्यायाधीशले आफूसँग कुरा गरेको पनि उनले स्मरण गरे । ती बस र ट्रक दसीप्रमाणका रूपमा अदालतमा आएका थिए, त्यसपछि ठाउँ नभएको भन्दै फुटपाथमै थुपारियो ।

काठमाडौं महानगरपालिकाका मेयर शाहले केही दिन पहिले जिल्ला अदालतको अवैध संरचना हटाउने चेतावनी दिएका थिए । बीचमा अदालतले महानगरलाई नक्सा पनि पठाएको थियो ।

यता सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै बालेनसँग जवाफ माग गरिएको छ । अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । जोशी आफैंले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘यसमा निवेदक म दिपकराज जोशी र दामोदर तिम्सिना छौँ । बालेन जिले अदालतले आदेश जारि गरेपछि नक्सा पासको जिम्मा अदालतलाइ दिउँ भन्ने आशयको फेसबुक स्टाटस लेखेपछि अदालतलाइ बोल्न पनि नदिने जस्तो कुरा काठ काठमाडौं मेयरबाट हुन सक्दैन ।

अदालतको आदेश बालेन साहले पनि मान्नु पर्छ, बालेन साहले यदि नमान्ने हो भने कसैले मान्दैन । अदालत हाम्रै संस्था हो, यसको आस्थामा अनास्था हुने गरि काम गर्न दिइनु हुन्न भन्ने ध्येयले अवहेलनाको मुद्दा दायर गरेका हौँ । यद्यपि बालेन साहले गरेका अन्य काममा हाम्रो पनि समर्थन रहेको छ ।’