ओलीको महँगो भात–मासु खान र नाच हेर्न सुनिता होटेल पुगिन्, एभरेष्ट होटेलमा कम्युनिस्टको रमिता

काठमाडौं । तीजमा गरिव जनताले के खाउँ भनेर चिन्ता गरिरहेका बेला एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई एभरेष्टमा रात्रि भोजको आयोजना गरेका छन् ।

शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा सहभागीहरूलाई अध्यक्ष ओलीले पाँचतारे होटेल एभरेष्टमा रात्रि भोजको आयोजना गरेका हुन् ।

ओलीले तीजको अवसरमा रात्रि भोज आयोजना गरिएको जानकारी गराएका थिए ।

काठमाडौंको बानेश्वरस्थित एमभरेष्ट होटलमा एमालेका केन्द्रीय सदस्यहरू भोजमा सहभागी भएका छन् ।

ओलीको महँगो रात्रि भोजमा केन्द्रीय सदस्यहरूले नाचगान गरेर रमाइलो गरेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा अध्यक्ष ओली गिटार र हार्मोनियम बजाउँदै गरेको देखिएको छ ।

अब सबै चुनावमा खटिनुपर्ने भन्दै त्यसको लागि पनि यो जमघट भएको एक केन्द्रीय सदस्यले बताएका छन् ।

ओलीले बेलाबेला महँगा होटेलमा यस्तै पार्टी गर्ने गर्दै आएका छन् । कम्युनिस्टहरूले महँगो रात्रि भोज गरेको कुरालाई लिएर विरोध भएको छ ।

ओलीका रात्रि भोज खान काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोल पनि पाँचातारे होटेल एभरेष्टमा गएकी थिइन् ।

काठमाडौंका मेयर बालेन्द्र शाह ‘बालेन’ले अबैध संरचनाहरू धमाधम भत्काइरहेका बेला ती कार्यक्रममा नदेखिएकी उप–मेयर डंगोल ओलीको रात्रिभोज खान र नाच हेर्न होटेलमा पुगेकी छिन् ।

कार्यक्रममा ओलीले गितार र हार्मोनियम पनि बजाएका थिए । केही युवतीहरूले नाच पनि देखाएका थिए । गितार बजाउनेमा एमालेका नेता सुवासचन्द्र नेम्वाङ पनि थिए ।

ओलीले केही दिन अगाडि उपचार गर्ने पैसा समेत नरहेको अभिव्यक्ति दिएका थिए । अहिले आएर पाँचतारे होटेलमा महँगो भोज दिएका छन् । यो भोज भतेर गर्ने पैसा ओलीलाई कहाँबाट आयो ? प्रश्न उठेको छ ।