धेरै बाठो बन्न खोज्दा महेश बस्नेतको राजनीति धरापमा, गम्भीर तरिकाले फसे !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेनका कारण अहिले केही दलका केही नेताको निद हराम भएको छ ।

बालेन फिल्मीशैलीमा उत्रिएपछि नेकपा एमाले देखि नेपाली कांग्रेसका चर्चित नेताहरुले समेत उनको उछितो काढिरहेका छन् । उनीहरुले बालेनले अधिकारको दुरुपयोग गरेको बताएका छन् तर बालेन बकइदा कानुन अनुसार नै चलेका छन् ।

यसैबीच, कानुनी प्रक्रिया पूरा नगरीकन एक्कासि अनधिकृत संरचना भत्काउन थालेको भनी आलोचना गर्नेहरूलाई बालेनले जवाफ दिएका छन्। आइतबार बिहान विज्ञप्ति जारी गरी उनले महानगरपालिकाले कार्यकारिणी अधिकार प्रयोग गरेर अवैध संरचना हटाउने अभियान थालेको स्पष्टीकरण दिएका हुन्।

‘वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको हो’, विज्ञप्तिमा बालेन्द्रले भनेका छन्, ‘अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११९२० ले दिएको छ।’

आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि अकर्मण्यताको अवस्थामा बस्नु उचित नहुने उल्लेख गर्दै उनले थपेका छन्, ‘तसर्थ न्यायिक निरुपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।’

यता बालेनको कदमपछि धम्की र आक्रोशको भाषा बोलिरहेका पूर्वमन्त्री एवम् एमाले नेता महेश बस्नेतलाई नमज्जाले फसिसकेका छन् । काठमाडौं महानगरपालिकाको चुनावका बेला केशव स्थापितले बढी बोल्दा उनलाई जनताले हराइदिएका थिए ।

बस्नेतलाई आफ्नै बोली गलपासो बन्ने देखिएको छ । बस्नेतले बालेनको कडा शब्दमा आलोचना गरेपछि एमालेका शीर्ष नेता भने खम्बाझै बालेनको समर्थनमा उत्रिएका छन् ।

नेकपा एमालेका चर्चित नेता प्रदीपकुमार ज्ञवालीले काठमाडौँ नियम कानुनविपरीत बनेका संरचनाहरू हट्नुपर्ने र हटाइनु पर्ने बताएका छन् । उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको ‘डोजर अभियानको समर्थन गरेका हुन् ।

उनले भने, ‘यो कदम ठिक छ । महानगरले यो गर्न सक्छ । अहिले काठमाडौँमा पार्किङ र भिडभाडको समस्या छ । काठमाडौँमा विभिन्न समस्याहरू छन्, यसलाई बिना भेदभाव महानगरले आफ्नो कदम चाल्न सक्छ ।’

त्यस्तै उनले यस्ता कदम चाल्दा कसैलाई लक्षित गर्न नहुनेमा समेत सचेत गराए । उनले भने, ‘कसैप्रति लक्षित नगरीकन आफू अगाडि बढ्नु महानगरको दायित्व हो ।’ त्यस्तै, एमालेका सांसद महेश बस्नेतको बालेनलक्षित टिप्पणीबारे समेत ज्ञवालीले प्रतिक्रिया दिए ।

उनले अरू कसैले यसबारेमा दिएको प्रतिक्रिया आफ्नो सरोकारको विषय नभएको बताउँदै उनले भने, ‘अरू कसले के भने भन्ने कुरा मलाई सरोकारको विषय भएन । भाडामा बस्ने कहीँ–कसैलाई सूचना नपुगेको सत्य पनि हुनसक्छ, यसमा कसैले कसैसँग जुहारी खेल्नुपर्ने आवश्यक ठान्दिनँ म । कसै–कसैलाई बाध्यात्मक अवस्था छ र छोटो अवधि दिनु भनेको खण्डमा त्यसमा महानगरले सोच्नुपर्ने कुरा पनि थियो ।’

उनले नक्सा विपरीतका संरचना हट्दा कुनै दुख नमान्न समेत आग्रह गरे । उनले काठमाडौँमा अवैध संरचना बन्ने र नक्सा पास नगरीकन संरचना थप्ने प्रवृत्तिले महानगरलाई मात्र होइन, देशको राजधानीलाई गम्भीर असर पुगेको बताए ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले अहिलेको सरकार देश र जनताको सरकार नभएको आरोप लगाएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै एमाले नेता बस्नेतले वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले चलाइरहेको बताए ।

‘श्रीमान् पदमा भएको कुराको अनुचित लाभ उठाएर अर्बाैं कमाउने खेलमा प्रधानमन्त्री पत्नी लागेकी छन्,’ उनले भने, ‘आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री हुने दौडमा एमाले अध्यक्ष केपी शर्मा ओली १ नम्बरमा, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा २ नम्बरमा, प्रचण्ड ३ र आरजु राणा ४ नम्बरमा छन् ।’

प्रचण्ड र आरजु राणा प्रधानमन्त्री हुनु भनेको देशका लागि दुर्भाग्य हुने उनले बताए ।काठमाडौंका मेयर बोलन्द्र शाहप्रति लक्षित गर्दै बस्नेतले भत्काएर देश नबन्ने हुँदा निर्माण गरेर मात्रै देश बन्ने भएकाले काम गरेर खाने मानिसको उठिबास लगाउन नहुने बताए ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले भने, ‘विकल्प दिएर मात्रै भत्काउनु उचित हुन्छ ।’ आगामी निर्वाचनमा एक बुथ २०० युथको अवधारणा एमालेले अगाडि सारेकाले सोही अनुसार तयारी गर्न बस्नेतले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

‘निर्वाचनमा गठबन्धनले शक्तिको व्यापक दुरुपयोग गर्ने सम्भावना भएकाले तयारी अवस्थामा रहन युवाहरूलाई आग्रह गर्दछु,’ उनले भने ।

कार्यक्रममा एमाले नेता सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, शिवराम तिमल्सिना लगायतले मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर जिल्लालाई एमालेमय बनाउन सबै एकजुट हुनुपर्ने बताए ।कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा, जसपा लगायतका पार्टी परित्याग गरी २७० जना एमालेमा प्रवेश गरेका एमाले सचिव मोहनवीर श्रेष्ठले जानकारी दिए ।

यो पनि :-

पोखरा महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न आग्रह गरेको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङहरूलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका हुन्।

महानगरपालिकाबाट राजश्व छुट लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले तोकेको समयावधि भित्र हटाउन समेत भनिएको प्रमुख आचार्यले स्पष्ट पारे।

‘राजश्व छुट लिएर पार्किङ बनाउने गरी अन्डरग्राउण्ड बनाएका घरहरूमा पनि अहिले सवारी पार्किङका लागि प्रयोग भएका छैनन्। लेकसाइडमा अधिकांश घरमा प्रयोग भएको छ। तर मुख्य सहरतिर त्यसो नभएकाले हामीले एक महिना अगाडि पार्किङ प्रयोजनलाई प्रयोग गर्नुहोला भनेर सबैलाई चिठी पठाइसकेका छौ’, उनले भने, ‘हामीले अरू पालिकाले सुरू गरेपछि गरेका होइनौं एक महिना अघिनै यसको सुरूआत गरिसकेका हौ।’

पार्किङ प्रयोजनको लागि बनेका भवनमा व्यापार देखि दोहोरी पसल सञ्चालन भएपछि पोखरा महानगरले पुनः ३५ दिने सूचना जारी गरी खालि गर्न भनेको छ।

३५ दिनभित्र खाली नगरे कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ। ‘पोखरा महानगरपालिका क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तलासहितका भवनहरूको भूमिगत तलालाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनुभएका घरधनीहरूलाई आजका मितिले ३५ (पैँतिस) दिनभित्र भूमिगत तलालाई खालि गरी पार्किङको रूपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ । अन्यथा कानुनबमोजिम हुने बेहोरा जानकारी गराइन्छ,’ महानगरको सूचनामा भनिएको छ ।

पोखरा महानगर मेयर धनराज आचार्यका अनुसार एक महिना अगाडि नै महानगरले अन्डरप्राउन्डलाई पार्किङ प्रयोजनका लागि मात्रै प्रयोग गर्न र त्यहाँ खडा गरिएका व्यापारिक संरचना हटाउन पत्राचार गरेको थियो ।

तर, घरधनीले अटेर गरेका कारण महानगरले पुनः पत्राचार गरेको हो । महानगरको आग्रहलाई अटेर गरे महानगर आफैंले हटाउने र त्यसबापतको क्षतिपूर्ति समेत सम्बन्धित व्यवसायीहरूबाट असुल उपर गरिने उनको चेतावनी दिए।

‘मेनरोड भित्र अन्डरग्राउन्ड अनिवार्य छ, अन्डरग्राउन्डका लागि राजस्व छुट छ । अनुमति लिएर, छुट लिएर अन्डरग्राउन्ड सहित बनेका घरमा पनि पार्किङ प्रयोग भएको छैन । हामीले एक महिना अघि पार्किङ प्रयोजन गर्नुहोला भनेर सबैलाई चिठी पठाइसकेका छौँ,’ उनले भने, ‘उहाँहरूले नगरिसकेपछि फेरि ३५ दिनको सूचना निकालेका छौँ, त्यो समयमा हटाउनुभएन भने त्यसको खर्च पनि उहाँकै हुनेछ ।’

पोखरामा करिब २५० वटा अन्डरग्राउन्ड सहितका भवन छन्। त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजन अनुरूप अन्डरग्राउन्डलाई पार्किङका रूपमा प्रयोग गर्दै आएका छन्।