मेयर बालेनको अभियानलाई अबरोध गर्दै अल्फा केयरका सञ्चालक, भने – तपाइँ डन हो र ?

काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह र अल्फा फार्मेसीका सञ्चालकबीच चर्काचर्की भएकाे छ।

अवैध संरचना हटाउँदै हिँडेका मेयर शाह काठमाडाैँकाे नयाँ बानेश्वस्थित अल्फाबिटा भवनमा सञ्चालनमा आएकाे अल्फा केयर फार्मेसीकाे जग्गा नक्साकाे विषयकाे कुराकानीकाे क्रममा उनीहरूबीच चर्काचर्कीकाे अवस्था सिर्जना भएकाे हाे।

अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ। पार्किङ भने सडक पेटीमा हुने गरेको छ। नक्सामा नभएकाे जग्गामा फार्मेसीले पार्किङ बनाएकाे र समयमै हटाउन भन्दै महानगर पत्र काट्दासमेत नहटाइएकाे भन्दै महानगरका मेयर शाह आक्राेशित भएका हुन्।

फार्मेसी सञ्चालक र मेयर शाहबीच कुराकानीका क्रममा शाहले फार्मेसीकाे पार्किङ सरकारी जग्गामा भएकाे भन्दै खाली गर्न लगाएका छन् भने फार्मेसी सञ्चालकले आफूले फार्मेसी सञ्चालन गर्दा त्यहाँ अगाडि बाटाे नबनेकाे र बाटाेले गर्दा जग्गा मिचिएकाे जिकिर गरेका छन्।

यसै क्रममा बालेनले नक्सा माग्दा फार्मेसी सञ्चालकले अहिले आफूसँग नभएकाे र महानगरबाट आएकाे सूचका बारेमा समेत आफूलाई जानकारी नभएकाे र बालेनबाटै(महानगरपालिका)बाटै नक्शा लिने बताउँछन्। बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग झोक्किएका छन् ।

अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दा निर्देशक शर्मा नमानेपछि मेयर शाह झोक्किएका हुन् ।

घरबेटीले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गर्दै निर्देशकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै मेयर शाहसँग हुनुपर्ने भनेपछि उनी झोक्किएका थिए ।

३५ दिने सूचना सार्वजनिक रुपमा जारी गरिएको भन्दै निर्देशक शर्मासँग मेयर शाहले ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग ?’ भन्दै कराएका थिए ।आफू सम्मानित व्यवसायी भएकाे र बालेनले दुर्व्यवहार गरेकाे उनकाे भनाइ छ।

उनले भनेका छन्,’मेराे पनि लाखाैँ लगानी छ, कर तिरेकाे छु। गलत भएकाे भए कानुन बमाेजिम म भाेग्न तयार छु। आइ एम भेरी रेस्पेक्टेड बिजनेस पिपुल, दिस इज नट गुड।’अल्फा बिटाका सञ्चालक शर्मा त्यसपछि बालेनको व्यवहारलाई लिएर आक्रोशित भए। उनले डन शैली नदेखाउन पनि बालेनलाई चेतावनी दिएका थिए।

बालेन र फार्मेसी सञ्चालकबीच चर्काचर्की नै सुरु हुन थालेपछि उपस्थित अन्य मानिसले मेयरकाे हैसियतले बालेन त्यसरी आवेगमा आउन नहुने र कानुनबमाेजिम अगाडि बढ्नुपर्ने सुझाउँछन्। मेयर बालेन शाह केही दिनयता नक्सा पास नभएका संरचना भत्काउने अभियानमा छन्।