भर्खरै बालेनलाई लाग्यो झड्का, देउवाले ठोकेरै भनेः बालेनले राजीनामा दिएर महानगरले तत्काल अर्को चुनाव गर्नुपर्छ

८ भाद्र, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले फुटपाथका पसल हटाएपछि आन्दोलन चकिर्ने देखिएको छ । आन्दोलनका नेतृत्व कर्ताहरुले मेयर बालेनको राजीनामा माग्न थालिसकेका छन् ।

राष्ट्रवादी श्रमिक महासंघका संयोजक किरण देउवाले आफूहरुको माग महानगरपालिकाले सम्बोधन नगरेको खण्डमा थप आन्दोलन चक्राउने चेतावनी दिएका छन्।

आज बिहान काठमाडौँ महानगरपालिका कार्यलय अगाडि नाराबाजीका क्रममा उनले आफ्नो माग राख्दै एक हप्तासम्म आफ्नो माग पूरा नभए महानगरपालिकामा ढुंगा र लाठी प्रहार गर्न बाध्य हुने बताएका हुन्।

‘सडकमा व्यापार व्यवसाय गर्ने व्यापारीहरुलाई राज्यले की व्यवस्थापन गर्नुपर्छ की त व्यवसाय गरेर बस्न दिनुपर्छ। किरण देउवाले भने, उहाँहरु (फुटपाथ व्यापारी)ले आफ्नो काम गरेको हो तर उहाँहरुले आफ्नो श्रीमतीको लागि आफ्नो छोराछोरीको लागि सडक व्यापारीको सामान लैजाने गर्नुभयो।’

देउवाले आज हामी महानगरको गेटमा आफ्नो माग राख्दै शान्ती र प्रेम पूर्वक उभिएको बताउँदै माहानगरले एक हप्तासम्म माग पूरा भएन भने यही ठाउँमा ढुंगा र लाठी प्रहार गर्न बाध्य हुने चेतावनीसँगै सिंहदरवारको गेटसम्म जाने बताए।

’की काम गरेर खान देउ होइन भने सडकमा व्यापार गर्न देउ। कहिले फुटपाथलाई मेट्ने कहिले फुटपाथको पसल हटाउन लगाउने यही हो महानगरको विकास यही हो भने बालेनलाई हामीले फेरी हामीले एक पटक औलाँ ठडाँएका छौँ।’ उनी आक्रोश हुँदै भने, ’यो कदापी गर्न मिल्दैन हामी फुटपाथ व्यापारीलाई काम गरेर खान दिनुपर्छ।

यदी व्यवस्थापन गर्ने सकिंदैन भने लखेट्ने मात्र त होइन सही विकल्प के त? बानेश्वरमा राख्न मिल्दैन, कालिमाटीमा राख्न मिल्दैन भने खाली ठाउँमा राख्न दिनुस्।’

’यो कस्तो सरकार हो, यो कस्तो महानगरपालिकाको नियम हो। खाली ठाउँमा काम गरेर खान त देउ, की त महानगरपालिकाले व्यवस्थापन गर। यदी हाम्रो माग महानगरपालिकाले सम्बोधन नगर्ने हो भने यसको मूल्य बालेनले चुकाउनुपर्छ।

एक हप्तादेखि हामी बालेनलाई भेट्न खोजी रहेका छौँ तर बालेन हाम्रो समस्या सुन्ने समयनै छैन भने बालेनले सुन्ने कस्को समस्या हो? दलालहरुको हो?’ थप देउवाले भने, ’सडकमा फोहोर उठाउँछु भन्ने गफ लगाउने फोहोर गनाइरहेको छ।

यदी बालेनको यो काम हो भने बालेनले राजीनामा दिएर महानगरले अर्को चुनाव गर्नुपर्छ। यो समस्या आजको होइन धेरै वर्षदेखि चलिआएको हो तर यो भन्दा पहिला महानगरपालिकाले निश्चित समय तोकेर व्यवसाय गर्न दिएको थियो तर अहिले त्यो प्रवाधान रहेको छैन।

यो पनि हेर्नुहोस, लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा कुन दलबाट को–को छन् आकांक्षी ?

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमात्र नभएर त्यसपछि बन्ने सरकारको जोडघटाउमा समेत राजनीतिक दलहरुले ध्यान केन्द्रित गर्न थालेका छन् । सोही क्रममा दलहरुले आसन्न निर्वाचनपछि कस्तो समीकरण बन्ला र प्रदेश सरकारको नेतृत्व कसले गर्ला भन्नेबारे पनि आन्तरिक लेखाजोखा गर्न थालेका छन् ।

आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले आफ्नो जित हुने आकलन गर्दै सोही अनुसारको तयारी गर्न थालेका छन् । २०७४ सालमा भएको निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको नेकपा एमाले अहिले प्रमुख प्रतिपक्षमा छ ।

लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेल हाल प्रमुख प्रतिपक्षका नेता छन् । उनी अब प्रदेशसभामा नआउने निश्चित भइसकेको छ । उनले प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारी गरेका छन् ।

त्यसैले पनि एमालेले आसन्न निर्वाचनमा भावी मुख्यमन्त्रीका रुपमा कसलाई मैदानमा उतार्छ भन्नेबारे धेरैको चासो छ । कार्यकर्तापंक्तिमा भने एमालेका तर्फबाट भावी मुख्यमन्त्रीका रुपमा तीन जनाको नाम चर्चामा आएको छ ।

हाल एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरी, प्रदेशको सार्वजनिक लेखा समितिको सभापति विष्णु पन्थी र एमाले केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख घनश्याम पाण्डेको नाम भावी मुख्यमन्त्रीका रुपमा चर्चामा छ । स्रोतका अनुसार पाण्डेले प्रतिनिधिसभाका लागि दाबी गरिरहेका छन् ।

तर सोही क्षेत्रबाट कोमल वलीले पनि प्रतिनिधिसभामा दाबी गरेका कारण पाण्डेलाई भावी मुख्यमन्त्रीका रुपमा प्रदेशसभामा उतारेर प्रतिनिधिसभातर्फ वलीलाई उम्मेदवार बनाउने तयारीमा पार्टीका महासचिव शंकर पोखरेल जुटेको स्रोत बताउँछ ।

यता, हाल संसदीय उपनेता बैजनाथ चौधरी पनि एमाले नेतृत्वको सरकारमा सरकारको प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री थिए । उनले प्रदेशसभामै उम्मेदवार बनेर भावी मुख्यमन्त्रीका रुपमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेको उनी निकट कार्यकर्ता बताउँछन् ।

यस्तै लुम्बिनी प्रदेशसभाका सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीलाई पनि एमालेका तर्फबाट भावी मुख्यमन्त्रीको सम्भावित दाबेदार मानिएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीमा उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ भने एमाले यतिबेला चुनावी तयारीमा जुटेको तर मुख्यमन्त्री या संसदीय दलको नेता कसलाई बनाउने भन्ने पार्टीभित्र अझैसम्म छलफल नभएको बताउँछन् ।

उनले भने, ‘अझै त्यस विषयमा छलफल भएको छैन, अहिले आएका पात्र दोहोरिने कि नयाँ आउने भन्ने कुरा टिकट वितरण गर्ने बेलासम्म स्पष्ट हुन्छ ।’

कांग्रेसमा को को छन् मुख्यमन्त्रीका आकांक्षी ?

एमालेमा जस्तै नेपाली कांग्रेसमा पनि मुख्यमन्त्री बन्ने सपना पालेका नेताहरु छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया, शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी भावी मुख्यमन्त्रीको दाबेदार हुन् ।

कनौडिया सत्तारुढ गठबन्धनबीच भएको भद्र सहमतिअनुसार अहिले नै आलोपालो नेतृत्व अन्तर्गत मुख्यमन्त्री बन्ने आशमा थिए । तर, लुम्बिनी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्दा अन्य प्रदेशमा पनि असर पर्ने केन्द्रका नेताहरुको बुझाईपछि उनको मुख्यमन्त्री बन्ने सपना अधुरो रहेको हो । आसन्न निर्वाचनपछि आफूले नै गठबन्धन सरकारको नेतृत्व पाउने उनको आश छ ।

नेपाली कांग्रेसभित्र मुख्यमन्त्रीको दाबी गर्ने अर्का नेता अमर सिंह पुन पार्टीको प्रदेश सभापति भएका नाताले पनि मुख्यमन्त्रीका लागि आफ्नो दाबी स्वाभाविक रुपमा रहने बताउँछन् ।

‘केन्द्रमा स्वाभाविक रुपमा पार्टी सभापतिले सरकारको नेतृत्वका लागि दाबी गर्ने भएकाले प्रदेशमा पनि मुख्यमन्त्रीमा प्रदेश अध्यक्षको दाबीलाई अस्वाभाविक मान्नु हुँदैन,’ उनले भने ।

उनी रोल्पाबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । रोल्पाको प्रतिनिधिसभा सिटतर्फ नेकपा माओवादी केन्द्रका वर्षमान पुन सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने लगभग निश्चित छ ।

त्यसैले प्रदेशसभाको एउटा सिटमा कांग्रेसका प्रदेश अध्यक्ष पुनले दाबी गरेका छन् । उनको प्रदेशसभा निर्वाचन क्षेत्रमा २०७४ को निर्वाचनमा माओवादीका दिपेन्द्र पुनले जितेका थिए ।

नेपाली कांग्रेसभित्र मुख्यमन्त्री दाबी गर्ने अर्का नेता सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी पनि हुन् । पार्टी सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध रहेका चौधरी पनि मुख्यमन्त्रीका दाबेदार बन्न सक्ने केही नेता बताउँछन् ।

माओवादीभित्र को को आकांक्षी ?

लुम्बिनी प्रदेशमा भावी मुख्यमन्त्रीका रुपमा माओवादीबाट चार नेता आकांक्षी छन् । हालका मुख्यमन्त्री कुलप्रसाद केसी, माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, सभामुख पूर्णबहादुर घर्ती मगर, माओवादीका लुम्बिनी प्रदेश सहइन्चार्ज जोग बहादुर महरा भावी मुख्यमन्त्रीका आकांक्षी छन् ।

हालका मुख्यमन्त्री कुलप्रसाद केसी फेरि मुख्यमन्त्री बन्ने अवस्थामा मात्र प्रदेशसभामा जाने अन्यथा राष्ट्रियसभा या अन्य भूमिकामा जाने मनस्थिति बनाएको उनी निकट केही कार्यकर्ताहरु बताउँछन् ।

पूर्व मन्त्री बराल पनि प्रदेश अध्यक्ष भएका कारण मुख्यमन्त्रीका रुपमा उनको स्वाभाविक दाबी रहने कार्यकर्ताहरु बताउँछन् ।

माओवादीभित्र रोल्पाका जोग बहादुर महराको नाम पनि भावी मुख्यमन्त्रीका रुपमा चर्चामा छ । मुख्यमन्त्री बन्ने योजना अनुसार नै उनी पार्टीको सहइन्चार्जको भूमिकामा आएको कतिपय कार्यकर्ताको बुझाइ छ ।

यस्तै, सभामुख पूर्णबहादुर घर्ती पनि मुख्यमन्त्री बन्न आफू निकटका नेताहरुसँग लबिङ गरिरहेको स्रोत बताउँछ । उनी मुख्यमन्त्री नपाउने अवस्थामा आफू अब प्रदेशसभा छाडेर राष्ट्रिय सभातिर जान इच्छुक देखिएको बताइन्छ ।