टिकटकमा भाईरल जोडी सुरज-सिमा पहिलो पटक मिडियामा । लोभलाग्दो प्रेमदेखि झगडा, हसाएरै मुर्छा पारे (भिडियो हेर्नुस)

टिकटकमा पारिवारक र समसामयिक बिषयमा भिडियोहरु बनाएर निकै नै चर्चामा आएका बिराटनगरका सिमा र सुरज अधिकारी मिडियामा आएका छन् ।

दर्शकहरुलाई निकै हसाउने सुरज र सिमाको जोडीलाई सबैले माया गर्दछन् ।

बिगत एक बर्षदेखि टिकटक बनाउँदै आएका यो जोडीलाई शिशिर भण्डारीले मिडियामा ल्याएका हुन् । पेशाले सुरज शिक्षक हुन् । यता सिमा भने घर गृहणी हुन् । उनीह्रुको एक बच्चा पनि छन् । सुरज आफ्ना बिद्यार्थीहरुलाई पनि हसाएरै पढाउने गर्दछन् ।

धेरै बिद्यार्थीको पिैय शिक्ष हुन्, उनी । सुरज र सिमाका भिडियोहरु टिकटकमा लाखौंले हेरेका छन् । उनीहरुलाई हालसम्म झण्डै ७ लाखले टिकटकमा पछ्याएका छन् ।

सुरज र सिमालाई टिकटककै कारण अहिले धेरैले चिन्दछन् । रमाईला सुरजले सिमालाई बिवाह गरेपछि उनी पनि त्यहि स्वभावको भईन् । वास्तवमा सिमा सुरजको रमाईलो स्भावमै मोहित भएकी थिईन् ।

बिहेपछि श्रीमान श्रीमतीको सल्लाहमा पारिवारिक र सामाजिक बिषयमा गनथन गरेर भिडियो बनाउने सोच सुरजले बनाए । सुरु सुरुमा सिमालाई गाह्रो लाग्थ्यो तर पछि उनी पनि जान्ने भईन् । अन्तर्वार्ता पनि उनीह्रुले निकै हसाए ।