एम्बर हर्डविरुद्ध ‘से’क्स पार्टी’ गराएको आरोप, पूर्वप्रेमी एलन मस्कलाई ‘ब्ल्याकमेल’

काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्ड र अभिनेता जोनी डेपको ‘हाई प्रोफाइल’ मुद्दा छिट्टै टुंगिने छाँटकाँट देखिँदैन । यति बेला अभिनेत्री हर्डविरुद्ध एउटा गम्भीर आरोप बाहिरिएको छ ।

हर्ड र जोनी डेप एकसाथ हुँदा जमेरै पार्टी गर्ने र लागुऔषधहरू प्रयोग गर्थे । उनीहरूको विवाहको राति पनि पार्टी गरियो । त्यसमा ला गुऔ षध पनि उपलब्ध थियो ।

तर, अहिले हर्डले लस एन्जलसमा आयोजना गर्ने गरेको ‘से क्स’ पार्टीका गोप्य कुरा बाहिरिएको छ । एम्बर र जोनीबीच चलिरहेको मानहानिको मुद्दाका क्रममा यी गोप्य डकुमेन्टहरू बाहिरिएको हो ।

एक समाचारपत्रका अनुसार एम्बरले लस एन्जलसमा थुप्रै पार्टीको आयोजना गर्ने गर्थिन्, जहाँ ला गुऔष ध र यौन स म्पर्कको पनि व्यवस्था हुने गर्दथ्यो । पार्टीमा कारा डेलेविंगनेसँग उनका पूर्वपति तास्या वानरी पनि थिए ।

सोही पार्टीमा एम्बरले पूर्वप्रेमी एलन मस्कलाई श्रीमान् जोनी डेपविरुद्ध मानहानिको मुद्दाका लागि पैसा दिन भन्दै ‘ब्ल्याकमेल’ समेत गरेकी थिइन् । एम्बरले पार्टीमा पूर्वप्रेमी एलनका गतिविधिहरू रेकर्ड गरेर पछि उनलाई ब्ल्याकमेल गरेकी हुन् ।

उक्त समाचारपत्रमा उल्लेख भएअनुसार एलेन र एम्बरबीच पहिलोपटक सन् २०११ मा एलेन र उनकी पत्नीले उनीहरूकै घर बेभर्ली हिल्समा आयोजना गरेको पार्टीमा भेट भएको थियो । मार्का डटकमबाट